काठमाडौं । बिगमार्टले १५औँ वार्षिकोत्सवका अवसरमा एक महिनासम्म विभिन्न छुट तथा उपहार अभियान घोषणा गरेको छ । ग्राहकका लागि १५ तोला सुन, १५ स्मार्टफोन, आकर्षक छुट र अफर ल्याएको हो । वार्षिकोत्सवको छुट तथा उपहार अभियान जुलाई ३१ सम्म बिगमार्टका आउटलेटमा सञ्चालन हुनेछ । १५ वर्षसम्मको अनवरत यात्रामा सधैँ साथ, समर्थन र हौसला दिने लाखौं ग्राहकप्रति कृतज्ञता जाहेर गर्न यस्तो अभियान सञ्चालनमा ल्याएको बिगमार्टले जनाएको छ ।
अभियानअन्तर्गत १५ भाग्यशाली ग्राहकलाई १५ तोला सुन (प्रतिव्यक्ति एक तोला) र १५ स्मार्टफोन (प्रतिव्यक्ति एक थान) प्रदान गरिनेछ । एक महिना अवधिमा बिगमार्टमा सात सय ५० रुपैयाँ वा सोभन्दा बढीको किनमेल गर्ने ग्राहक स्वतः भाग्यशाली ड्रमा प्रवेश हुनेछ । साथै बिगमार्टमा किनमेल गर्दा स्मार्ट क्युआरमार्फत् भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत डिस्काउन्ट वा सय रुपैंयाँ छुटमध्ये जुन कम हुन्छ, त्यो तत्काल प्राप्त गर्न सक्ने बताइएको छ ।
१५ स्मार्टफोन जित्न बिगमार्टका आउटलेटमा राखिएका फोटोबुथमा आफ्नो फोटो खिच्नुपर्नेछ । बिगमार्टले आधिकारिक सोसल मिडिया पेजमा ती फोटो अपलोड गर्नेछ । अपलोड गरिएका फोटो आफ्नो सामाजिक सञ्जालमार्फत् सेयर गर्नुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच