अजरवैजान पुर्‍याई ठगी गर्ने टिकापुरका साउँद काठमाडौंबाट पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अजरवैजान पुर्‍याई ठगी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ घर भएका कृतक बहादुर साउँदलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले ४० वर्षीय साउँदलाई बुधबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो ।

साउँदले कैलालीको वर्दगोरीया गाउँपालिका-६ का दीनेश बमलाई वैदेशिक रोजगारीका लागि पोर्चुगत पुर्‍याइदिने भन्दै अजरबैजान पुगाएर दुई महिनादेखि अलपत्र पारेको प्रहरीले जनाएको छ । पोर्चुगत पुर्‍याएर मासिक दुई लाख नेपाली रकम हुनेगरी काम लगाइदिने भन्दै उनले बमलाई ललाइफकाइ गरेका थिए ।

उनले बमसँग विभिन्न प्रलोभन पार्दै पटक-पटक गरेर १३ लाख ९२ हजार लगेर अलपत्र पारेको प्रहरीले जनाएको छ । अलपत्र पारी ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?