काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मुलुकको समृद्धि निजी क्षेत्रको प्रयासबाट मात्रै हुनसक्ने दाबी गर्नुभएको छ ।
सोमवार नेपाल वैदेशीक रोजगार व्यवसायी संघको ३२ औँ स्थापना दिवसका अवसरमा आयोजित ३० औं वार्षिक साधरण सभामा बोल्दै श्रममन्त्री अर्यालले मुलुकको समृद्धि नेताको भाषणबाट नहुने बताउनुभएको हो । उहाँले विदेशबाट स्वदेश फर्किएका नेपालीहरुले फेरि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न सरकारले आवश्यक काम गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा लैजाने भनेर ठग्ने र ठगिने दुवै नेपाली नागरिक भएकाले व्यवसायी र सरकार मिलेर ठगी रोक्न आवश्यक रहेको बताउनु भयो । उहाँले म्यानपावर व्यवसायीहरुलाई भिजिट भिसामा पठाउने र वैदेशिक रोजगार कार्यालयबाट व्यक्तिगत भनेर श्रमस्वीकृत गर्न म्यानपावर व्यवसयायीको संलग्नतामा भएको पाइएको भन्दै त्यस्तो काम तत्काल बन्द गर्न आग्रह गर्नुभयो । उहाँले सबै नेपालीहरुले सम्मानजनक तरिकाबाट व्यवसाय गर्न बाच्नको लागि सहयोगीको भुमिका खेल्ने चाहना भएको भन्दै मेनपावर व्यवसायीसँग दुश्मन कमाउने कुनै रहर नभएको बताउनु भयो । उहाँले नेपाली नागरिकलाई विदेशमा गएर कमाउने वातावरण म्याननपावर व्यवसायीहरुले नै बनाउनु भएको भन्दै मेनपावर व्यवसायीहरुप्रति आफ्नो कुनै गुनासो र रिस नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ वैदेशिक रोजगारीमा लैजाने भनेर ठग्ने र ठगिने पनि नेपाली नागरिक नै भएकाले व्यवसायी र सरकार मिलेर गठी रोक्ने काम गर्न आग्रह गरेको छु । भिजिट भिसामा गएका नेपालीहरु नेपाली व्यवसायीहरुको संलग्नता देखिन्छ । वैदेशिक रोजगार कार्यालयबाट व्यक्तिगत भनेर श्रमस्वीकृत गर्ने विषयमा मेनपावर व्यवसयायी कै संलग्नतामा व्यक्तिगत बनाइएको छ । तथ्याङ्कले प्रणाणित गरेको छ । भिजिट भिसा र व्यक्तिगत श्रमस्वीकृत व्यवसायीहरुले गराउने काम बन्द गर्नुस् । सबै नेपालीहरुले सम्मानजनक तरिकाबाट व्यवसाय गर्न बाच्नको लागि सहयोगीको भुमिका खेल्ने चाहना हो । मन्त्रालयमा गएर स्र्टन गरेर मेनपावर व्यवसायीसँग दुश्मन कमाउने कुनै रहर छैन । नेपाली नागरिकलाई विदेशमा गएर कमाउने वातावरण मेनपावर व्यवसायीहरुले नै बनाउनु भएको हो । मेनपावर व्यवसायीहरु प्रति मेरो कुनै गुनासो र रिस राग छैन । मुलुक समृद्ध बन्छ भने निजी क्षेत्रको प्रयासबाट मात्रै बन्छ । यो कुरामा दुई मत छैन । मुलुकका राजनीतिक नेताहरुले गरेको भाषणबाट देश समृद्ध बन्न सम्भव छैन । वैदेशिक रोजगारमा जाने नेपालीहरुबाट २ खर्ब बढी रकम उठाएको विषय गम्भिर हो । यो विषयमा सरकार चुप लागेर बस्न सक्दैन । सरकारले गरेको अध्ययनबाट २०१ अर्ब ६० करोड रुपैयाँ गैरबैंकिङ कारोबार भएको छ । त्यसलाई बैंकिङ कारोबारमा ल्याउने गरी नीतिमा काम गरिरहेका छौं ।’
उहाँले वैदेशिक रोजगारमा जाने नेपालीहरुबाट २ खर्ब बढी रकम उठाएको विषय गम्भिर रुपमा लिएको भन्दै यो विषयमा सरकार चुप लागेर बस्न नसक्ने बताउनु भयो । उहाँले सरकारले गरेको अध्ययनबाट २०१ अर्ब ६० करोड रुपैयाँ गैरबैंकिङ प्रणालीमा ल्याउने गरी नीति बनाउने काम गरिरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच