काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे पदाधिकारी बैठकमा ब्रिफिङ गर्नुभएको छ ।
देउवा निवासमा सोमबार बसेको बैठकमा सभापति देउवाले ओलीसँग सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताउनु भएको हो ।
सभापति देउवाले एमाले अध्यक्ष ओलीसँग सौहार्दपूर्ण वातावरणमा छलफल भएको र अहिले आफूहरुबीचको सम्बन्ध सकारात्मक र सुमधुर रहेको पनि जानकारी गराउनुभएको हो ।
'सभापतिजीले चिया खान बोलाएपछि बालकोट गएको भन्नुभएको छ। उहाँले सौहार्दपूर्ण वातावरणमा भेटघाट भएको र यसका बारेमा धेरै चर्चा नगर्न भन्नुभएको छ,' कांग्रेसका सूचना विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवाको भनाइ उद्दत गदै भन्नुभयो ।
दुई ठूला दलको शीर्ष नेतृत्वबीचको भेटवार्तामा सत्ता परिवर्तनबारे छलफल भएको अनुमान लगानुलाई स्वाभाविक मानिने उहाँको भनाइ थियोे ।
साथै कांग्रेसले महासमितिबाट पारित गरेको दस्तावेजलाई केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ ।
बूढानीलकण्ठमा पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीको आज बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले ती दस्तावेजलाई अन्तिम रुप दिन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
बैठकले पार्टीका धेरै जसो भ्रातृ संस्थाका केन्द्रीय समितिको समयावधि समाप्त भएकाले थप गर्ने विषयमा छलफल भएको पनि उहाँले बताउनुभयो । यसैगरी नेपाल सरकारले चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) का सम्बन्धमा छलफल गरिरहेको सन्दर्भमा बैठकले ऋण नभई अनुदान सहयोग मात्र लिन सकिने धारणा बनाएको नेता विश्वकर्माले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच