काठमाडौं । ‘वल्र्ड अक्वाटिक्स डे’ का अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल अक्वाटिक्स च्याम्पियनसिपको आयोजना गरेको छ । च्याम्पियनसिप आज (शनिबार) र आइतबार आयोजना हुने आयोजक नेपाल पौडी संघले जनाएको छ । संघका सचिव गंगालाल गोलेका अनुसार ३५१ खेलाडीले विभिन्न ६५ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगिता सदस्य-सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा उद्घाटन तथा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा समापन हुने सचिव गोलेले बताउनुभयो ।
विभिन्न उमेर समूह र खुला गरी ६५ वटा विधाहरूमा खेलाइने उक्त पौडी प्रतियोगितामा सबैभन्दा कम उमेरका आठ वर्षमुनिको उमेर समूहमा ६ वर्षका खेलाडीको पनि सहभागिता रहनेछ । संघले खेलाडीहरूको सहजताका लागि डिजिटल रजिष्ट्रेसनको व्यवस्था गरिएसँगै विगतको प्रतियोगितामा भन्दा यो प्रतियोगितामा उल्लेख्य खेलाडीहरूको सहभागिता रहेको संघले जनाएको छ ।
संघको गत वैशाख ८ गते सम्पन्न अधिवेशनपश्चात् निर्वाचित नयाँ कार्यसमितिले आयोजना गर्न लागेको प्रथम प्रतियोगितामा खेलाडीको उत्साहजनक सहभागिताले नेपालमा पौडी खेलाडीहरूको आकर्षणको केन्द्र मात्र हैन यसको विकास र विस्तारमा हामीलाई थप जिम्मेवार बनाएको संघका अध्यक्ष जगत्मान श्रेष्ठले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच