काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’को फर्स्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । विपिन कार्कीको शीर्ष भूमिका रहने चलचित्र ‘ऊनको स्वीटर’को फर्स्ट लुक पोष्टर सार्वजनिक भएको हो । आर्टमाण्डुका नवीन चौहान निर्देशित चलचित्रको पोष्टरमा नयाँ ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहनुभएका विपिन र गुरुङ पहिरनमा मिरुना लिसरा मगर चित्रित हुनुहुन्छ ।
चलचित्रमा विपिन र मिरुना लिसरा मगरसँगै एलेक्स विश्वकर्मा, मिलन खत्री र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ । चलचित्रलाई आगामी दशैँको छेकोमा सिनेमाघरमा लैजाने योजना बनाए पनि मिति तय भइनसकेको निर्देशक चौहानले जानकारी गराउनुभयो । चलचित्रलाई इलाम र पाँचथरमा छायांकन गरिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच