बीसीसी र ग्रामथान बि डिभिजन क्रिकेटको फाइनलमा

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर (बिराटनगर) । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा विराटनगर क्रिकेट क्लब (विसिसि) र ग्रामथान क्रिकेट क्लव विजयी भई फानलमा प्रवेश गरेका छन । फाइनलमा प्रवेश गरेसँगै दुवै टिम ए डिभिजनमा प्रवेश गरेको छ ।

पहिलो खेलमा विसिसिले मिल्स क्रिकेट क्लवलाई ८ विकेटले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । फाइनलमा प्रवेश गरेसँगै विसिसि ए जिभिजनमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित १३ ओभरमा ३ विकेट गुमाई ९१ रन बनाएको थियो । जसमा पृथ्वी सुब्बाले २९ रन बनाउँदा विशाल ढकालले २४ रन बनाए । विसिसिका अविशेक मण्डलले १ विकेट लिए ।

९२ रनको विजयी लक्ष पछ्याएको विसिसिले ११ दशमलव ३ बलमा २ विकेट गुमाई सो लक्ष्य भेट्टाएको छ । विसिसिका म्यान अफ म्याच राहुल चौधरीले अविजित ५२ रन धिरज कामतले १७ र कृतिक कामतले नटआउट १२ रनको योगदान दिए । मिल्सका विशाल ढकालले १ विकेट विकेट लिए ।

दोस्रो खेलमा ग्रामथान क्रिकेट क्लवले वेलबारी क्रिकेट क्लवलाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको वेलबारीले निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाई १ सय १२ रन बनायो । सो खेलमा प्रिवित भगतले २० रन बनाउँदा दिपेश सुवेदीले १७ रन बनाए । ग्रामथानका आशिष गुप्ताले ३ विकेट लिँदा अनिष सापकोटाले २ विकेट लिए ।

एक सय एक रनको विजयी लक्ष्य पछ्याएको ग्रामथानले १९ ओभरमा ८ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जसको म्यान अफ द म्याच सुमन श्रेष्ठ ३३ रन बनाउँदा अन्जर अलीले १५ रनको योगदान दिए । वेलबारीका निमेश चापागाईले सर्वाधिक ४ विकेट लिएका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?