काठमाडौं । हंगेरीको बुडापेस्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेका नासिर हुसेनले पुरुष २०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
नासिरले फ्रिस्टाइल निर्धारित दूरी दुई मिनेट ००.९९ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । नासिरले यसअघि दुई मिनेट ०१.६० सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।
प्रतियोगितामा नेपालको तर्फबाट नासिरसँगै महिलामा डुवाना लामा सहभागी छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच