प्रतिसिलिण्डर ग्याँसमा तीन सयभन्दा बढी घाटा

Read Time = 1 min

काठमाडौं । इन्धन मूल्य घटेर आएको छ । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले ग्याँसबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । पछिल्लो मूल्यसूचीअनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर तीन सय ३९ रुपैयाँ बढेर आएको छ । अर्थात् ग्याँसको लागत मूल्य प्रतिसिलिण्डर २४ सय ३५ रुपैयाँ पुगेको छ तर नेपाल आयल निगमले प्रतिसिलिण्डर १८ सय रुपैयाँमा बिक्री गर्दै आएको छ ।

पेट्रोल भने प्रतिलिटर एक रुपैयाँ २१ पैसा घटेको छ । डिजेल प्रतिलिटर पाँच रुपैयाँ पाँच पैसा, हवाई इन्धन प्रतिलिटर सात रुपैयाँ र मट्टितेल मूल्य प्रतिलिटर तीन रुपैयाँ ४० पैसा घटेर आएको छ । ग्याँसबोहक सबै पेट्रोलियम मूल्य घटेर आएको निगमलाई १५ दिनमा करिब ४० करोड नाफा हुने देखिएको छ । तर, ग्याँसको घाटा भने १५ दिनमा ९३ करोड हुने निगमको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?