धनगढीमा कोरोना संक्रमित पुरुषको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोभिड अस्थायी अस्पतालमा आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बिहीबार अस्पताल भर्ना हुनुभएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटीसको समस्या थियो तर परीक्षणका क्रममा उहाँलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो ।

सूचना अधिकारी श्रेष्ठकाअनुसार मृतकले कोरोना भाइरसविरुद्धको खोप भने लगाउनुभएको थिइन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?