काठमाडौं । सुनको गहनामा जर्तीका नाममा व्यवसायीबाट उपभोक्ता ठगिँदै आएकाले ठगीमुक्त बनाउन श्री रिद्धिसिद्धी ज्वेलर्सले जर्तीमुक्त अभियान सञ्चालन गरेको जनाएको छ । सुनका गहना खरिदबिक्री गर्दा पनि जर्तीको नाममा कतिपय व्यवसायीले उपभोक्ताबाट परम्पराका नाममा अत्यधिक रकम लिँदै आएकोमा रिद्धिसिद्धीले नयाँ अभियानको सुरुवात गरेको रिद्धिसिद्धिका सञ्चालक नरेन्द्रकुमार गुप्ताले बताउनुभएको छ ।
‘अपारदर्शी ढंगले अहिले बजारमा प्रतितोला १० देखि १२ प्रतिशतसम्म जर्तीबापत उपभोक्तासँग असुल्ने गरिएको छ ।’
आमउपभोक्ताको चाहनाअनुसार रिद्धिसिद्धिले जर्ती नलिने घोषणाको उपभोक्ता र कतिपय व्यवसायीले पनि स्वागत गरेको उहाँको भनाइ छ । गुप्ताद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सुनको गहना बनाउँदा जर्ती लाग्छ, यो ध्रुवसत्य हो । तर, तथ्य यो पनि हो कि सामान्यतः गहनाको प्रकृति हेरेर एक तोलाको गहना बनाउँदा एकदेखि दुई लाल जर्तीका रूपमा मात्र सुन हराउँछ । जबकि अपारदर्शी ढंगले अहिले बजारमा प्रतितोला १० देखि १२ प्रतिशतसम्म जर्तीबापत उपभोक्तासँग असुल्ने गरिएको छ । फेरि सोही गहना बिक्री गर्न जाँदा पनि रसायन जर्ती भनेर थप उपभोक्ताको पैसा काट्ने प्रचलन छ । कालीगढलाई भने ज्याला र जर्ती संयोजित गरेर एकमुस्ट दुईदेखि चार प्रतिशत दिने गरिन्छ । यस्तो पृष्ठभूमिमा कतिपय गलत नियत राख्नेबाहेकका अरू देशभरका हजारौँ व्यवसायीले मेरो आह्वानलाई सकारात्मक प्रतिक्रिया दिइरहनुभएको छ । यस्तै कोटाको नाममा बेथिति गर्ने, संघ, महासंघको नाममा सिण्डिकेट गर्ने र धम्क्याउने तत्वको जनस्तरबाटै घोर विरोध भइरहेको अवस्था छ ।’
जर्तीरहित पारदर्शी र उपभोक्तामैत्री ज्याला प्रणाली लागू गर्ने आह्वानमा विभिन्न संघ, महासंघ तथा प्रतिस्पर्धी व्यवसायीलाई सहकार्य गरेर अघि बढ्न पनि उहाँले अपिल गर्नुभएको छ । सीमित प्रतिस्पर्धी व्यवसायी, सुन कोटा माफिया, सिण्डिकेटका मुकुटधारी तथा समर्थको योजनामा आफूलाई सुन उपलब्ध नगराउन भनी नेपाल बैंकर्स एसोसिएसनलाई पत्राचार गरिनु खेदजनक रहेको पनि गुप्ताको भनाइ छ । एउटा स्वतन्त्र व्यवसायीले पाउनुपर्ने अधिकार र सुविधाबाट वञ्चित गराउने तथा उल्टै मुद्दा मामिलामा अलमल्याउने प्रयास गरिनु खेदजनक रहेको उहाँले बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उपभोक्ताको हितमा मैले ल्याएको योजना बिथोल्न अनावश्यक दुःख दिने मनसायले मेरो पसलअगाडि जुलुस निकाल्ने, सामाजिक सञ्जालमा ढुंगामुढा गर्ने र मलाई स्वतन्त्ररूपले काम गर्न अवरोध गर्न खोजिएकोबारेमा मैले घोर भत्र्सना गर्दै आएको छु । अनेक अवरोधबीच मेरो योजनामा समस्त उपभोक्ताको पूर्ण साथ कायम रहेको तथ्य सामाजिक सञ्जालमा आइरहेको समर्थनले नै स्पष्ट पार्छ । जर्ती नलिने घोषणासँगै सात प्रतिशत ज्यालामात्रै कायम हुँदा रिद्धिसिद्धि ज्वेलर्सबाट उपभोक्ताले प्रतितोला
झण्डै १५ हजारसम्म राहत पाउन सफल भएका छन् । अन्य व्यवसायीले पनि यो अभियानमा साथ दिएमा पारदर्शी व्यवसाय र उपभोक्ताले पनि राहत पाउनेमा दुर्ईमत छैन ।’
रिद्धिसिद्धिले गत जेठ २४ देखि आफ्नो मुनाफा कम गरी जर्ती समायोजनपछि जम्मा सात प्रतिशत उचित ज्याला लिँदा सम्पूर्ण कालीगढ र उपभोक्ता पनि निकै खुसी रहेको उहाँले बताउनुभएको छ । कालीगढका नाममा जर्ती खर्च देखाउने प्रवृत्तिले कालीगढ पनि शोषित भएका, अपारदर्शी जर्तीमा नक्कली भौचर देखाइँदा राज्यलाई पनि राजस्वमा घाटा भइरहेको भन्दै उहाँले उपभोक्ता भ्रमित पार्ने मनसायले वर्षौँअघि ल्याइएको अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज हुनुपर्ने बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच