झापा। राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य देवेन्द्र दाहाल झापाको दमकबाट मन्त्री बन्ने दोस्रो व्यक्ति हुनुभएको छ ।
दमकबाट मन्त्री बन्ने पहिलो व्यक्तिको रेकर्ड एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा छ । ओली २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको मन्त्रीमण्डलमा गृहमन्त्री बन्नु भएको थियोे ।
दाहालले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सपथ लिएसँगै दमकबाट मन्त्री बन्ने दोस्रो व्यक्तिको रेकर्ड उहाँको नाममा बनेको हो । दमक नगरपालिका ५ निवासी दाहाल पहिलोपटक मन्त्री बन्नुभएको हो । एउटा संयोग पनि छ, यस अघि ओली मन्त्री र प्रधानमन्त्री बन्दा सोही वडाका बासिन्दा हुनुहुन्थ्यो। अहिले चाहिँ प्रधानमन्त्री ओलीको स्थायी बसोबास अनन्तलिङ्गेश्वर नगरपालिका २ बालकोट,भक्तपुर हो। झापा ५ प्रधानमन्त्री ओलीको संसदीय निर्वाचनकाे क्षेत्रसहित गृहजिल्ला भएपनि हाल उहाँको स्थायी बसोबास भक्तपुरमा छ ।
दाहाल एमाले झापा अध्यक्ष हुँदै केन्द्रीय राजनीतिमा छाउनु भएको हो । हाल दाहाल एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । अढाई दशक अघिदेखि ओलीको निकट र विश्वासपात्र भएर काम गर्नु भएको दाहालले त्यही सम्बन्धका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो ।
झापाबाट मन्त्रीमा दाहालसँगै सुनिता बराल र लालप्रसाद साँवाको चर्चा थियो। यद्यपि, एलपी साँवा र बराल मन्त्री बन्नुभएन । साँवा लगातार दुई पटक प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचित सांसद हुनु हो भने बराल समानुपातिक सांसद हुनु हो ।
बाह्यरूपमा सामान्य र सरल स्वभावका दाहाल आन्तरिक रूपमा चलाख व्यक्तिको छवि बनाउनु भएको नेता हो । ओलीसँग निकटताकै कारण अन्य सम्भावितलाई पछि पार्दै दाहाल मन्त्री बन्न सफल हुनु भएको छ । तुलनात्मक रुपमा उहाँ साँवा र बराल भन्दा पार्टीमा सिनियर पनि हुनुहुन्छ ।
दाहाल २०५६ सालको प्रतिनिधिसभाको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डा. गोपाल कोइरालासँग पराजित बन्नुभएको थियो । कोशी प्रदेशबाट खुलातर्फ विजयी राष्ट्रियसभा सदस्य दाहालले त्यसअघि ओलीको सचिवालयमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ ।
हाल उहाँ एमाले राष्ट्रियसभा संसदीय दलको नेतासमेत हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच