काठमाडौं । स्थानिय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ ।
देशैभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेवाट मतदान सुरु भएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदानका लागि मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता छ ।
०७२ सालमा संविधान जारी भएपछि स्थानीय तहको निर्वाचन दोस्रोपटक देशभर एकै चरणमा हुन लागेको हो ।
कूल एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् ।
६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जानएको छ ।
आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुने छन् ।
आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच