![मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/yarsaghumba.jpg)
म्याग्दी । आज चैत मसान्त । २०८० साल पनि आजै राति १२ बजेबाट बिदा हुँदैछ । तर, विगत तीन दिनदेखि म्याग्दी लगाएत गण्डकी प्रदेशका पश्चिमी जिल्लाहरुमा पुसलाई सम्झाउने गरी चिसो बढेको छ ।
‘चैतमास खडेरीमा डडेलोले बनै खायो..’ भन्ने गीत चर्चित छ । तर यस पल्ट यहि चैत महिनामा खडेरीले हैन चिसोले शरीरलाई थरथरी पारीरहेकोले अब जाडो गयो भनेर थन्काएका कपडा निकालेर लगाउन मानिस वाध्य भएका छन् ।
म्याग्दीको सदरमुकाम बेनी बजारमा अटो चलाउने काम गर्दै आउनुभएका कालु सापकोटाले पुष–माघको भन्दा चैतको चिसो बढि भएको महसुस गरेको सुनाउनुभयो । अचानक चैतमा चिसो बढेपछि चिसो हट्यो भनेर थन्काएका लुका निकालेर लगाउनु परेको उहाँको भनाइ छ ।
शुक्रबार (आज) बिहान हिमालय टाइम्सकर्मीसँग कुरा गर्दै उहाँले चैतमा पनि यस्तो चिसो हुन्छ भनेर यस अघि अनुभव नगरेको सुनाउनुभयो ।
गत बुधबार पछि निक्कै चिसो बढेको छ । चैत लागेयता म्याग्दीका जंगलहरुमा लागेको डढेलोका कारण यहाँ वायु प्रदूषण बढेको बेला अचानक पुसको भन्दा बढी चिसो बढेपछि धेरै नागरिकहरु बिरामी परेका छन् । “दम,रुगाखोकी,ज्वरो,आँखापोल्ने लगाएतका समस्याहरु धेरै देखिएका छन्” स्वास्थ्यकर्मी विष्णु मल्लले बताउनुभयो ।
सामान्यता चैतदेखि गर्मि बढ्नु पर्ने हो तर चिसो बढेको छ । चैत तेस्रो सातामा हावहुरीसहित हल्का पानी परेपनि विगत तीन दिनदेखि तुवाँलो लागिरहेको छ । मौसम धुम्म छ । लेकाली क्षेत्रमा बाक्लो कुहिरो लागेको स्थानियहरुले बताएका छन् । समुद्रसतह देखि १ हजार २ सय मीटर उचाईमा रहेको म्याग्दी सदरमुकाम बेनीमा चैतमा पनि पुष– माघ झै चिसोको अनुभव भईरहको स्थानीयले बताएका छन् ।
यस पल्ट हिउँदमा राम्रोसँग पानी परेको थिएन । पानी नपरेकाले पुष–माघमा त्यति धेरै चिसो अनुभव गरीएको थिएन । विगत तीन दिनयता गण्डकी प्रदेशका म्याग्दी,मुस्ताङ,मनाङ,बागलुङ पर्वत,कास्की लगायतका जिल्लामा अत्याधिक चिसोको अनुभव भईरहेको स्थानीयले बताएका छन् । चैतमा यति सारो चिसो भएको अनुभव आफूले पहिलो पल्ट गरेको बेनी नगरपालिका २ का ८९ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।
“चिसो सिरेटोसमेत चल्दैँ छ । यस पल्ट अचम्म गरी चैतमा जाडो बढेको छ” उहाँले भन्नुभयो ।
चिसा ेबढेपछि सदरमुकाम बेनी,दरबाङ,तातोपानी लगायतका बजार क्षेत्रमा चहलपहल घटेर गएको छ । सवारी साधन कम चलेका देखिन्छन् भने मानवीय चहपलह पनि कम छ । बाक्ला लुगालगाएर मानिसहरु घर बाहिर निस्केका छन् ।
चैतमा चिसो बढेपछि कतिपयले जलवायु परिवर्तनको असर भएको दाबी गर्दैछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच