काठमाडौं । सर्वोच्च अदालतले राप्रपा नेपालका अध्यक्ष कमल थापाले दायर गरेको रिट निवेदनमा के कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश गर्नुपर्ने हो होइन ? मागबमोजिम आदेश जारी गर्नै नपर्ने हो भने १५ दिनभित्र प्रमाणसहित जवाफ पेस गर्न आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आगामी ८ साउनमा निर्वाचन आयोग र निवेदक राप्रपा नेपालका अध्यक्ष थापालाई छलफलका लागि उपस्थित हुन आदेश गरेको छ ।
राप्रपा अध्यक्ष थापाले चुनाव चिह्न गाई माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट हाल्नुभएको थियो । सो रिटमा निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, चन्द्रकान्त ज्ञवाली, सुरेन्द्र भण्डारी तथा अधिवक्ताहरू टीकाराम भट्टराई, नरप्रसाद थापा र भुपेन्द्रप्रसाद पोखरेलले बहस गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच