नाडा अटो शोका लागि बुकिङ खुला

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शो २०२३ का लागि बुकिङ खुला गरेको छ ।

नेपालको सबैभन्दा ठूलो र भव्यरूपमा सम्पन्न हुँदै आएको नाडा अटो शो भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडांैको  भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

नाडाले हरेक वर्षको दशैँअघि आयोजना गर्दै आएको नाडा अटो शो कोरोनाका कारण २०२० र २०२१ मा आयोजना हुन सकेको थिएन भने नाडा अटो शो २०२२ पनि सरकारले गत वर्ष केही सवारीसाधन आयातमा लगाएको प्रतिबन्धका कारण आयोजना गर्न सकेको थिएन ।

नाडाले पहिलोपटक गत वर्ष नाडा इभि एक्स्पो २०२२ आयोजना गरेको थियो । आगामी नाडा अटो शोमा विद्युतीयलगायतका चारपांगे्र, तीनपांग्रे तथा दुईपांगे्र सवारी तथा ढुवानीका साधन, स्पेयर, टायर ट्युब, बयाट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणसमेत रहने आयोजकले जनाएको छ ।

त्यसैगरी बैंक, इन्स्योरेन्सलगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघसंस्थासमेतको सहभागिता रहने नाडाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?