काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीको नयाँ निबन्धकृति सार्वजनिक भएको छ । उप्रेतीको ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरू’ नामक निबन्ध कृति सार्वजनिक भएको हो । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित उप्रेतीको उक्त निबन्धकृतिभित्र ‘सेतु सुब्बा र सेतु सुब्बाहरू, कोरोना कहरका उपहारः एकजोडी बिरालाका छाउराहरू, आरुका फूल र मुर्झाएको काठमाडौं, जीवनको मोलः मृत्युको तराजुमा, लौरो- मेरो साथी, कपी एण्ड पेष्ट डटकम, निलो रङ्गको आवरणमा चतुर स्यालहरू, थरी थरीका ढँटुवाहरू र तिनको ढाँट्ने कला, कुकुर जन्तीः विरालो बाहुन, मैले किन, के र कसरी साहित्य लेखेँ, समय, मन र हामी, ठूला दारकी आइमाई, आठराई, प्रतिस्पर्धा र प्रगति, जीवन यात्राको जगः मेरो गाउँ, मेरो विद्यालय र हामी कस्तो मान्छे बन्ने ?’ जस्ता शीर्षकका पन्ध्रओटा निबन्ध समाविष्ट छन् ।
कृतिमा प्राडा. अभि सुवेदीको भूमिका छ । भूमिकामा प्राडा. सुवेदीले विशेष गरी निजात्मक निबन्ध लेखनमा आफूलाई भिन्न बनाएका उप्रेतीको सात दशक लामो साहित्यिक साधनाले नेपाली साहित्यलाई उर्वर बनाएको उल्लेख गर्नुभएको छ । १५२ पृष्ठको पुस्तकको मूल्य ३९५ रुपैयाँ राखिएको छ । ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरू’ उप्रेतीको सत्र औँँ प्रकाशित कृति हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच