काठमाडौं । निओ मनि ट्रान्सफर र कुवेतको अल-एक्तसाद युनाइटेड एक्सचेन्जबीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि कुवेतमा बसिरहेका नेपालीहरूले सुरक्षित र सहज रूपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।
निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो । वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीहरूको रोजाइको गन्तव्यमा अहिले कुवेत निकै आकर्षक गन्तव्य बनिरहेको छ । हाल कुवेतमा हजारौँ नेपालीहरू आफ्ना परिवारका लागि काम गर्ने क्रममा बसोबास गरिरहेका छन् ।
कुवेतमा रहेका नेपालीले अब अल-एक्तसाद युनाइटेड एक्सचेन्जको १२ वटा शाखाबाट छिटो र प्रभावकारी रूपमा नेपालमा पैसा पठाउन सक्नेछन् । बैंक तथा वालेट भुक्तानी कारोबार निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहीको खातामा भुक्तानी हुनेछ । साथै नगदमा पठाइएको कारोबार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५ हजारभन्दा धेरै शाखाबाट सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच