काठमाडौं । एचएचसीए र गोल्डेनपिक १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा एचएचसीएले भ्याली पब्लिकलाई ६९-५६ ले पराजित ग¥यो । एचएचसीएको जितमा डेविड राईले ३९ अंक योगदान गरे । विजय तामाङ तामाङको २४ अंक सहयोगमा गोल्डेनपिकले कन्स्टिलेसनलाई ७३-५० ले हरायो ।
जुनियर ब्वाइजमा भ्याली पब्लिकले लालीगुराँस नेसनल एकेडेमीलाई २३-२१ तथा गोल्डेनपिकले सत्य साइलाई ३४-३२ ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे । भ्याली पब्लिकका अशोक विक तथा गोल्डेनपिकका नेल्सन गुरुङले ११-११ स्कोर गर्नुभयो ।
सिनियर गल्र्समा भ्याली पब्लिकले टीआईएलाई ३२-२६ तथा फेरिल्यान्डले ग्रिनल्यान्डलाई ३४-२४ ले पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे । भ्याली पब्लिककी लोरिशा गौचनले १२ तथा फेरिल्यान्डकी अलिथियाले १५ अंक बटुले ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच