काठमाडौं । १९औं संस्करणको किड क्वीन प्रतियोगिता आरम्भ भएको छ । यस वर्षको किड क्वीन प्रतियोगिता लाख बत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र सुख समृद्धिको कामना गर्दै आरम्भ भएको हो ।
नेप्लीज फेशन होमको आयोजनामा हरेक वर्ष हुँदै आएको यो प्र्रतियोगितामा प्रतियोगीले बंगलामुखी मन्दिरमा लाख बत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र समृद्धिको कामना गर्दै आरम्भ गरिएको छ । प्रतियोगीमा ४० जना प्रतियोगी सामेल छन् ।
कार्यक्रम मिस नेवा : कृषा महर्जन र सकिना महर्जन, प्रतियोगीहरूका अभिभावक तथा शिक्षक शिक्षिकाको सहभागिता एवं बगलामुखी सहकारीको सहयोगमा सम्पन्न भएको हो । सहभागीलाई संस्कार सिकाउन र मानिसको जीवनमा धर्मको महत्व दर्शाउन यो कार्यक्रम आयोजना गरिएको आयोजक नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराउनुभयो । उहाँका अनुसार कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न प्रतियोगिता आयोजना गरिँदै आएको छ ।
प्रतियोगिताका सहभागीलाई विभिन्न सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने पनि उहाँले जानकारी गराउनुभयो । प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धाका लागि विभिन्न विषयको तालिम र प्रशिक्षण दिइरहेको आयोजकले जनाएको छ । प्रतियोगिता विजया दशमीपश्चात् जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ । प्रतियोगितामा मिस नेवाः ११४३ सकिना महर्जन र सोसियल वेलफेयर एम्बेस्डर चिफ तिमिला महर्जनको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जनको संयोजनमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच