काठमाडौं । श्रम, रोगजार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले सरकारले आगामी दशकलाई आन्तरिक रोजगारीको दशक घोषणा गर्ने तयारी रहेको बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले आन्तरिक रोजगारी वृद्धिलाई प्रमुख प्राथमिकतामा राखेर आन्तरिक रोजगारी दशकको रुपमा घोषणा गर्न लागि रहेको बताउनु भयो । उहाँले रोजगार दिने काम श्रम मन्त्रालयको नभएको भन्दै रोजगारीको लागि वातावरण बनाउने काम गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले आन्तरिक रोजगारीको लागि सरकारले रोजगारीका सम्भावनालाई समृद्धिसँग जोड्ने काम गर्ने बताउनु भयो । मन्त्री भण्डारीले मुलुकभित्र युवाहरुलाई राख्नको निम्ति वैदेशिक रोजगारीको विकल्प रोजगारी नै भएको उल्लेख गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फर्काएर ल्याउने र पुनः एकीकरण गरी वैदेशिक रोजगारीबाट युवाहरुले सिकेको सीपलाई मुलुक निर्माणको निम्ति प्रयोग गर्ने सरकारको योजना रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘राष्ट्रिय व्यवसायीक तालिम प्रष्तिठानले मुलुकभरी छरिएर रहेका सम्पूर्ण सीपमुलक तालिमहरुलाई एकद्वार प्रणालीमा ल्याउने मुलुकलाई चाहिने जनशक्तिलाई आवश्यक कोषको व्यवस्था गर्ने । प्रष्तिठानले सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्र प्रदेश तहमा बनोउने । सातै प्रदेशका तालिम केन्द्रहरुलाई स्थानीय रोजगार केन्द्रसँग समन्वय गरेर सबै तालिमहरुलाई एकद्वार प्रणालीमा ल्याएर मुलुकलाई आवश्यक जनशक्ति उत्पादनमा लाग्छौं । रोजगार सेवा केन्द्रबाट रोजगारदातासँग जोड्ने काम गर्छौं । यस्तो गर्दा मुलुकमा धेरै रोजगारीको अवसर हुन्छन् । रोजगार दिने काम श्रम मन्त्रालयको होइन । रोजगारीको लागि वातावरण बनाउने काम हो । आन्तरिक रोजगारीको लागि सरकारले पनि रोजगारीका सम्भावनालाई समृद्धिसँग जोड्ने काममा लागेका छौं । अभियानको रुपमा सरकारले लिएर गएको छ । आगामी दशक आन्तरिक रोजगार दशकको रुपमा अगाडि बढाउने गरी मन्त्रालयले तयारी गरेको छ । मुलुकभित्र युवाहरुलाई राख्नको निम्ति वैदेशिक रोजगारीको विकल्प रोजगारी नै हो । वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फर्काएर ल्याएर पुनः एकीकरण गर्ने हिसावमा वैदेशिक रोजगारीमा जाँदा युवाहरुले सिकेको सिपलाई मुलुक निर्माणको निम्ति प्रयोग गर्ने सरकारको योजना छ ।’
उहाँले राष्ट्रिय व्यवसायीक तालिम प्रष्तिठानले मुलुकभरी छरिएर रहेका सम्पूर्ण सीपमुलक तालिमहरुलाई एकद्वार प्रणालीमा ल्याउने मुलुकलाई चाहिने जनशक्तिलाई आवश्यक कोषको व्यवस्थापन सरकारले गर्ने बताउनु भयो । उहाँले प्रतिष्ठानले सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्र प्रदेश तहमा बनोउने योजना रहेको बताउनु भयो । उहाँले रोजगार सेवा केन्द्रबाट रोजगारदातासँग जोड्ने रमुलुकमा धेरै रोजगारी सिर्जना गरिने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच