काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारीहरुले क्षमता विकासमार्फत् प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश संघीय शासन व्यवस्थामा प्रवेश गरेपछि नेपालको संविधानअनुकुल कर्मचारीतन्त्रलाई व्यवस्थित तुल्याउन नेपाल सरकारद्वारा संघीय संसदमा पेश गरिएको संघीय निजामति सेवा विधेयकलाई उच्च प्राथमिकतामा राखि छिटै पारित गराउन आफूले पहल गरिरहेको बताउनु भयो ।
उहाँले नयाँ निजामति सेवा ऐनले कर्मचारीतन्त्रमा देखिएको अन्योलता र असपष्टता हटाइ कर्मचारीहरुको मनोबल उच्च तुल्याइ सेवा प्रवाह प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थायी सरकारको रुपमा रहेको निजामति सेवा जनताको आशा र भरोसाको केन्द्र भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘स्थायी सरकारको रुपमा रहेको निजामति सेवा जनताको आशा र भरोसाको केन्द्र हो । जनतालाई घरदैलोसम्म पुगि सेवा दिन निजामति कर्मचारीहरु अहोरात्र खटिनुभएको छ । सिमति श्रोत, साधन एवं पारिश्रमीकका बावजुत राष्ट्रको सेवामा निरन्तर खटिनुभएका निजामति कर्मचारीहरुको मनोबल उच्च बनाइ आफ्नो काममा थप प्रेरित तुल्याउन आवश्यक देखेको छु । कर्मचारीहरुले क्षमता विकासमार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता रहेको छ । देश संघीय शासन व्यवस्थामा प्रवेश गरेपछि नेपालको संविधानअनुकुल कर्मचारीतन्त्रलाई व्यवस्थित तुल्याउन नेपाल सरकारद्वारा संघीय संसदमा पेश गरिएको संघीय निजामति सेवा विधेयकलाई उच्च प्राथमिकतामा राखि छिटै पारित गराउन विभागीय मन्त्रीको हैसियतले हरसम्भव प्रयत्न गरिरहेको छु । नयाँ निजामति सेवा ऐनले कर्मचारीतन्त्रमा देखिएको अन्योलता र असपष्टता हटाइ कर्मचारीहरुको मनोबल उच्च तुल्याइ सेवा प्रवाह प्रभावकारी हुने विश्वास लिएको छु ।’
मन्त्री गुप्ताले प्रदेश र स्थानीय सरकारसँगको समन्वयमार्फत आवश्यक सेवा प्रवाह र प्रशासन प्रवर्द्धनमा काम गरिरहेको बताउनु भयो । उहाँले स्थानीय तहको क्षमता अभिवृद्धि मन्त्रालयको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच