काठमाडौं । लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यु इनर्जी भेहिकलका लागि लक्ष्मी न्यु इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । लक्ष्मी न्यु इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुनेमा अवस्थित छ ।
सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज ब्राण्ड केईको सर्भिस हुने जनाएको छ । केईको शोरुम नक्साल भाटभटेनीमा सञ्चालनमा आइसकेको छ । कम्पनीका अनुसार हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीका लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको हो ।
सेन्टरमा अत्याधुनिक प्रविधिका हाई भोल्टेज ब्याट्री चेकजाँच गर्ने उपकरण जस्तै हाई भोल्टेज ब्याट्री बेलेन्सर, लिफ्टिङ ट्रली, हाई भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टरजस्ता धेरै अत्याधुनिक र विश्वस्तरीय उपकरणका माध्यमबाट परीक्षण र मर्मत हुनेछ ।
सेन्टरमा सबै प्राविधिक इभी सर्टिफाइड दक्षता हासिल गरेका छ्न् । सर्भिस सेन्टरमा चार्जिङ पोइन्ट, यथेष्ट पार्किङ सुविधा र छवटा गाडी एकैसाथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस बेहरू जडित छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच