लमजुङ । विभागीय त्रिभुवन आर्मी क्लबका राजन मेयोङ्वा राई र खोटाङकी प्रिया राईले राइनासकोट भर्टिकल दौडको उपाधि जित्नुभएको छ । खुला पुरुषतर्फ राजनले १ घण्टा १ मिनेट १९ सेकेण्डमा दूरी पार गरी पहिलो हुनुभएको हो । १ घण्टा १ मिनेट २५ सेकेण्डमा दूरी पार गरी सोलुखुम्बुका अर्जुन राई दोस्रो हुनुभयो । बझाङका करण रावलले १ घण्टा २ मिनेटमा दूरी पार गरी तेस्रो स्थान हासिल गर्नुभयो ।
खुला महिलातर्फको दौडमा १ घण्टा १७ मिनेटमा दूरी पार गरी खोटाङकी प्रिया राई पहिलो हुनुभयो । १ घण्टा २७ मिनेटमा दूरी पार गरी सोलुखुम्बुकी नितु तामाङ दोस्रो तथा १ घण्टा ३१ मिनेटमा दूरी पार गरी ओखलढुंगाकी पदमकुमारी सुनुवार तेस्रो हुनुभयो ।
पुरुष र महिला दुवैतर्फको विजेताले समान २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । दोस्रो भएकाले १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र तथा तेस्रो भएकाले समान १० हजार, मेडल, प्रमाणपत्र प्राप्त गरेको अल्ट्रा धाविका मिरा राईले जानकारी दिनुभयो । सहभागी सबैलाई प्रमाणपत्र र टिसर्ट प्रदान गरिएको थियो ।
इपिक हिमालय एडभेन्चर ट्रेक र विश्व प्रख्यात अल्ट्रा धाविका मिरा राईको संयुक्त आयोजनामा आइतबार लमजुङको राइनास नगरपालिका–९ को राइनासकोटमा भर्टिकल दौड प्रतियोगिता सञ्चालन भएको हो ।
तमु ल्होसारका अवसरमा सञ्चालित ‘दौड प्रतियोगिता’को राइनास नगरपालिकाका मेयर खड्कबहादुर गुरुङले उद्घाटन गर्नुका साथै विजेताहरूलाई पुरस्कृत गर्नुभयो । मेयर गुरुङले राइनासकोटमा सुरु भएको ग्रामीण पर्यटनको विकास, प्रचारप्रसार तथा महिला सशक्तीकरणका लागि थप टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । ‘राइनासकोट भर्टिकल दौड’मा आठ वर्षदेखि ६५ वर्ष उमेर समूहका ६२ जना धावकहरूले सहभागिता जनाएको आयोजकले बताएको छ । राइनास नगरपालिका-९ कुडुले निवासी ६५ वर्षीय नन्दबहादुर गुरुङ ज्येष्ठ धाबक रहनुभएको थियो । दौड राइनास नगरपालिका-८ मा रहेको सर्वोदय सेवाश्रम धर्मनाथ धामबाट राइनासकोटसम्मको १७ सय ५० मिटरको १० किलोमिटर दूरीको उकालो र पुरानो बाटोबाट भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच