भोजपुर मेयर कप महिला फुटवल : शुक्रवारको दुवै खेलमा झापाको जित

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा जारी पाँचौ मेयर कप महिला फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको दोश्रो र तेश्रो दुवै खेलमा भोजपुरलाई हराउँदै झापाको टिम बिजयी बनेको छ ।

दोस्रो क्वाटर फाइनल खेलमा कन्काई नगरपालिकाले ७ गोल गर्दे भोजपुर नगरपालिका वडा नम्वर ११, आम्तेकलाई हराएको थियो । जुन खेलमा भोजपुरले गोल नै गर्न सकेन । सो खेलको म्यान अफ द म्याच कन्काईका ममता राउत हुनुभयो । राउतले एक हजार र मेडल प्राप्त गर्नुभयो ।

यस्तै शुक्रवार नै भएको तेश्रो क्वाटर फाइनल खेलमा रोयल स्पोर्टिङ क्लब दमकले शुन्यका बिरुद्ध ३ गोल सहित भोजपुरको रिमाचुङ स्पोर्ट्स एकेडमीलाई हराउन सफल भएको छ । सो खेलको म्यान अफ द म्याच रोयलका सन्जु तामाङ हुनुभयो । उहाँले नगद एक हजारका साथमा मेडल पाउनुभयो ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा प्रतियोगिता सुरू भएको हो । प्रतियोगितामा भोजपुर नगरपालिका १०, द सेभेन युथ क्लव धनकुटा, एन बी वाई एफसी सप्तरी, भोजपुर नगरपालिका ११, कन्काई झापा, रिमाचुङ्ग एजुकेशन एण्ड स्र्पोट एकेडेमी र आर एसी दमक गरी ७ वटा टिमको सहभागिता रहेको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविन सुवालले जानकारी दिनु भयो ।

बिहिवारको पहिलो उद्घाटन खेलमा धनकुटालाई १ को विरुद्ध ३ गोल गर्दै भोजपुर नगरपालिका १० भैसीपंखा सेमिफाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताका विजेता टिमले एक लाख पाँच हजार ५ सय ५५ रुपैया तथा उपविजेताले ५१ हजार पाँच सय ५५ रुपैयाका साथमा ट्रफी प्राप्त गर्ने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?