काठमाडौं । गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धनको उद्देश्यका साथ १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । आगामी कात्तिक ८ देखि ११ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा मेला हुने आयोजक फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल(फ्यान)ले जनाएको छ ।
तिहार पर्व तथा छठलाई समेत लक्षित गरी आयोजना हुने गोदावरी पुष्प मेलाको बुकिङका लागि असोज ६ गतेदेखि कात्तिक ७ गतेसम्म खुला गरिने आयोजकले जनाएको छ । स्टलका लागि फ्यान सदस्यका लागि प्रतिस्टल २० हजार र गैरसदस्यका लागि प्रतिस्टल शुल्क ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
आयोजकका अनुसार स्टल बुकिङ गर्दा तोकिएको प्रतिस्टलबापत लाग्ने शुल्क शतप्रतिशत अग्रिम बुझाउनुपर्नेछ भने मेलामा भाग लिने सदस्यको आर्थिक वर्ष २०८१/०८२ को फ्यान सदस्यता नवीकरण भएको समेत हुनुपर्नेछ । पुष्प व्यवसायीलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदानका साथै व्यवसायीबीच प्रतिस्पर्धात्मक भावना विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पु¥याउनु मेलाको उद्देश्य रहेको आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच