काठमाडौं । वर्षाका कारण रोकिएको एन्फा महिला लिगको नवौँ चरणको अन्तिम खेल बुधबारबाट हुने भएको छ । अविरल वर्षाका कारण रोकिएको अन्तिम चरणको महिला लिगमा संकटा क्लब र नेपाल पुलिस क्लबबीचको खेल बुधबार दिउँसो साढे ३ बजे हुने एन्फाले सूचना जारी गरेको छ ।
भदौ १६ गतेबाट सुरु भएको एन्फा महिला लिगमा शीर्ष पाँच टिमको टुंगो लागिसकेको छ । औपचारिकताका लागि खेल्नुपर्ने नवौँ चरणको अन्तिम खेल संकटा क्लब र नेपाल पुलिस क्लबको बाँकी रहेको थियो । पुलिस सुपर लिग पुगिसकेको छ भने संकटा भने शीर्ष पाँचको दौडबाट बाहिरिइसकेको छ ।
एपिएफ नौ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेर सुपर लिग पुग्यो । दोस्रो स्थानमा त्रिभुवन आर्मी, तेस्रोमा नेपाल पुलिस क्लब, चौथोमा वालिङ नगरपालिका र पाँचौँ हुँदै कोशी प्रदेश पनि सुपर लिग पुगिसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच