काठमाडौं । विगत केही सातादेखि निरन्तर घटिरहेको सेयर बजार यस साता भने निरन्तर बढिरहेको छ । सोमबार ४४ अंकले बढेको सेयर बजार मंगलबार ११४ अंकले बढेको छ भने कारोबार रकममा समेत सुधार आएको छ ।
केही सातादेखि दिन निरन्तर घटेर सेयर बजार २४४२ अंकसम्म झरेको थियो । यस साताको पहिलो दिन आइतबार पनि करिब २२ अंकले घटेको नेप्से सोमबार ४४ अंक र मंगलबार ११४.७० अंकले बढ्दै २६२३ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्स(नेप्से)ले जनाएको छ ।
सोमबारको तुलनामा कारोबार रकम पनि दोब्बर बढी अर्थात् सात अर्ब ७१ करोड पुगेको छ । मंगलबार नेप्सेमा कारोबार भएका २८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने कुल दुई सय ४५ कम्पनीको सेयरमध्ये दुई सय ४३ कम्पनीको सेयर मूल्य बढेको छ ।
कारोबारका आधारमा शीर्ष स्थानमा रहेको एनएलजी इन्स्योरेन्सको २८ करोड ८२ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्स २३ करोड ५१ लाख र नेपाल फाइनान्सको २० करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । २७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
जसमा बुटवल पावर कम्पनी, गुराँस फाइनान्स, गुडवील फाइनान्स, इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, गुहृयेश्वरी मर्चेन्ट बैंकिङ, आइसिएफसी फाइनान्स, पोखरा फाइनान्स, दोर्दी हाइड्रोपावर, सिटी होटल, नेपाल वेयर हाउजिङ, मञ्जुश्री फाइनान्स, इष्टर्न हाइड्रो पावरलगायत रहेका छन् ।
यस दिन नेप्सेमा सूचीकृत १३ वटै समूह बढेका छन् । सबैभन्दा बढी वित्त समूह ९.७४, लगानी समूह ६.१० र हाइड्रो पावर समूहको ५.९८ प्रतिशतले बढेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच