काठमाडौं । नेपाल-भारत मैत्री संघले बल्खुका बाढीपीडितका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ । बिहीबार एक कार्यक्रमबीच संघले नेपाल चिकित्सक संघमार्फत् उक्त सहयोग सामग्री हस्तान्तरण गरेको हो । बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक संघको आग्रहबमोजिम संघले राहत सामग्री हस्तान्तरण गरेको अध्यक्ष जानुका कार्की गिरीले जानकारी दिनुभयो ।
राहत सामग्रीमा खाद्यान्न, औषधि, ब्ल्यांकेट, कम्बललगायत रहेको संघले जनाएको छ । सो अवसरमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले आफूहरूले बल्खु क्षेत्रमा गएर स्वास्थ्य सेवासँगसँगै राहत वितरण गर्ने बताउनुभयो । बल्खुमा दुई दिनभित्रमा मेडिकल क्याम्पसहित आफूहरू जाने र राहत वितरण गर्ने उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच