नवराज शिवाकोटी/हिटा
दोलखा । दोलखा सदरमुकाम चरिकोटमा १० दिने बृहत् दोलखा महोत्सवको आयोजना हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गतेदेखि २२ गतेसम्म बृहत् दोलखा महोत्सव हुने भएको हो । दोलखाका स्थानीय उत्पादको बजारीकरण, जिल्लामा रहेका ऐतिहासिक तथा पर्यटकीयस्थलको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गर्न लागिएको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव आयोजनाबाट दोलखाको आर्थिक क्रियाकलाप बढाउन मद्दत पुग्ने संघको आशा रहेको छ ।
महोत्सवमा दोलखामा उत्पादित सामग्रीका स्टलका साथै हर्ष राइडिङ, विभिन्न प्रकारका मनोरञ्जनात्मक खेल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, विभिन्न जातजातिका सांस्कृतिक झाँकी, लोकगीत प्रतियोगिता, जातीय भेषभूषा प्रदर्शनी, उत्कृष्ट कृषक तथा उद्यमी सम्मान, दोलखा रत्नहरूको सम्मानलगायतका कार्यक्रम राखिएको संघका महासचिव सुरेश उप्रेतीले जानकारी दिनुभयो । दोलखालाई महत्वपूर्ण आन्तरिक तथा बाहृय पर्यटकीय गन्तव्यका रूपमा चिनाउन महोत्सव सफल हुने संघको विश्वास छ । महोत्सव उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालबाट गराउने तयारी भइरहेको संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच