उदयपुर । सोमबार बिहान उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडेस्थित मदन भण्डारी लोकमार्गमा बस र मोटरसाइकल ठक्कर खाँदा घाइते युवतीको विराटनगरमा उपचारको क्रममा निधन भएको हो ।
सङ्खुवासभाको खाँदबारीबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ५३५२ नं.को यात्रुवाहक बसले विपरीत दिसाबाट आउँदै गरेको प्रदेश नं. ३–०२–००६ प ७०८६ नं.को मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले दुर्घटनामा परी लिमचुङबुङ ४ बलम्ता स्थायी घर भई त्रियुगा नगरपालिका ५ श्रीपुर बस्दै आएकी १८ वर्षीया अंशु राई गम्भीर घाइते भएको र उपचारार्थ विराटनगर लगिएकोमा आर्या न्युरो अस्पतालमा उपचारकै क्रममा निधन भएको बताउनु भयाे।
मोटरसाइकल चालक रौतामाई गाउपालिका ७ मुर्कुचिका २२ बर्षिय जिपछिरिङ शेर्पाको सोही अस्पतालमा उपचार भैरहेको छ । बसका चालक बनेपा पनौति ६ का भुवन दाहाललाई बस सहित नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भैरहेको एसपी हरिहर नाथ योगीले बताउनु भयाे ।
- सरोज निरौला
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच