करका नीतिहरु सुधार गर्छौं : अर्थसचिव पुष्कर

Read Time = 2 mins

काठमाडौं । अर्थ सचिव कृष्णहरि पुष्करले करका नीतिहरु सुधार गर्ने बताउनुभएको छ ।

बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै पुष्करले करका नीतिहरु पुराना भएकाले समय अनकुलको नीतिमा सुधार गरिने बताउनुभएको हो ।

उहाँले पछिल्लो समय विश्व अर्थतन्त्रमा समस्या रहेकाले कर प्रणालीमा समेत संकुचन देखिएको बताउनु भयो । सचिव पुष्करले नेपालमा मात्रै राजश्व संकलनमा चुनौती नभएको भएर विश्वका ठूला राष्ट्रहरुमा समेत चुनौती देखिएको बताउनु भयो । उहाँले नेपालको राजश्व संकलन तथा अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ खासै आत्तिनुपर्छ जस्तो लागेको छैन मैले । संसारभर नै चुनौती छ, समस्या छ, नेपाल मात्रै देश होइन, जहाँ कर प्रणालीमा पनि संकुचन भएको छ, प्रेसर भएको छ, नेपाल मात्रै होइन, अमेरिकामा पनि कर प्रणालीमा हेर्नुस्, चीनमा हेर्नुस्, विभिन्न प्रकारका रेस्टिक्शनका कुराहरु छन् । म्यानुफ्याक्चर्स? इन्पुट, एक्सपोर्टका कुराहरुमा पनि कन्स्टेन्टहरु भइरहेको छ । कर नीतिमा केही कुराहरु सुधार गर्नुपर्ने छ । किनभने अहिले करदाता, कर उठाउने कर्मचारीको मानसिकता र हाम्रा प्रविधिहरु पनि परम्परा रुपमा रहेका छन् । त्यसलाई अहिलेको बदलिँदो परिप्रेक्ष्यमा केही न केही कुराहरु परिवर्तन गर्न जरुरी छ ।’

सचिव पुष्करले करदाता, कर उठाउने कर्मतचारीको मानसिकता र कर प्रणालीका प्रविधिहरु परम्परागत भएकाले समय अनुसार परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?