समाजवादी केन्द्र तत्काल बन्दैन, यही गठबन्धन अघि बढ्छ : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने बताउनुभएको हो । उहाँले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरूले छलफल नगरेको पनि उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठे पनि बैठकमा त्यस विषयमा पर्याप्त छलफल नभएको जिकिर गर्नुभयो । ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन ।

हामीले समाजवादी केन्द्र बनाइहालौँ भनेर छलफल पनि गरेका छैनौँ । केही-केही साथीहरूले समाजवादी केन्द्रको कुरा उठाउनु भएको हो तर हाम्रा बैठकहरूमा समाजवादी केन्द्र तत्काल बन्ने भन्ने कुरा भएको होइन । छैन,’ दाहालले भन्नुभयो, ‘चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति भएर एउटै घोषणापत्र बनाउन सकिन्छ कि भन्ने छलफल चलेको छ । टुंगिसकेको छैन । जे भए पनि यही गठबन्धन जान्छ र हामीले यसैबाट देशमा राजनीतिक स्थायित्व र विकास ल्याउनुछ ।’

पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका दाहालले वर्तमान सत्तारूढ गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म मात्रै नभई आवश्यकता र औचित्य रहँदासम्म निर्वाचनपछि पनि गठबन्धन कायम रहने बताउनुभयो । गठबन्धनबाटै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने र नयाँ परिस्थिति बनाउने उहाँको भनाइ छ । अध्यक्ष दाहालले पूर्व-अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई ल्याएर करको दर हेरफेर नगरेको प्रमाणित भएको बताउनुभयो । संसदीय विशेष समितिको रिपोर्टले शर्मालाई निर्दोष देखाएको उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?