हेटौंडा । हेटौंडामा खुकुरी देखाएर सुनको सिक्री लुट्ने २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
शनिबार अपरान्ह हेटौडा-११ थानाभर्याङ स्थित राप्ती खोलाको बगरमा मकवानपुर बकैया गाउँपालिका-४ बस्ने वर्ष २० को मनिष फुयाल र वर्ष २४ को सुजन पौडेलको १ तोलाको सुनको सिक्री लुट्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
धारिलो हतियार खुकुरी देखाएर सिक्री लुट्ने हेटौंडा ११ बस्ने वर्ष २० को असमिन चौलगाई र अनिस चौलागाईलाई हतियार र सिक्रीसहित पक्राउ गरेको हो।
चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धामा मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच