काठमाडौं । सिप्रदी ट्रेडिङले १० वटा बस हस्तान्तरण गरेको छ । कम्पनीले रूपन्देहीमा एक कार्यक्रमबीच टाटा एलपिओ १६२२/६२ मेग्ना बसहरू त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई हस्तान्तरण गरेको हो । त्रिशक्ति पशुपति दर्शन यातायात प्रालि पश्चिम नेपाल बस व्यवसायी प्रालि र भेरी यातायात जस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा आएको हो ।
कम्पनीबाटै जडान गरेर आएका ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसीसहितको गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्लीसम्मको अन्तरदेशीय यात्राका लागि सञ्चालनमा आउने कम्पनीले जनाएको छ । कम्पनीद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘टाटा एलपिओ १६२२/६२ मेग्ना बसमा अत्याधुनिक प्रविधि र बिएस ६ मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ ।
विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ र आधुनिक इञ्जिन डिजाइनले इन्धन खपत प्रभावकारी बनाउँछ ।’ कम्पनीका अनुसार बिएस ६ गाडीमा ओबिडी प्रणालीले इञ्जिन र उत्सर्जन समस्या सजिलै पत्ता लगाउँछ । एससिआर प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ । उच्च गुणस्तरको इन्धनमा चल्ने भएकाले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउँछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच