म्युनिख । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । एनफिल्डमा मंगलबार राती सम्पन्न खेलमा लुइस डियाजको हृयाट्रिकसँगै लिभरपुलले जर्मन क्लब बायर लेभरकुजेनलाई ४-० ले हराएको हो ।
डियाजले ६१, ८३ र दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गर्नुभएको थियो । यस्तै, कोडी गाक्पोले ६३औँ मिनेटमा गोल गर्नुभयो । योसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । चार खेलमा शतप्रतिशत जित निकालेको लिभरपुलको १२ अंक छ । पराजित लेभरकुजेन पाँच अंकसहित १२औँ स्थानमा छ ।
यस्तै, डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिगमा दोस्रो हार बेहोरेको छ । घरेलु मैदानमा मंगलबार राती भएको खेलमा रियल इटालियन क्लब एसी मिलानसँग ३-१ ले पराजित भएको हो । मिलानको भने यो दोस्रो जित हो । खेलको १२औँ मिनेटमै मलिक थियाको गोलमार्फत् मिलानले सुरुवाती अग्रता लिएको थियो । उहाँले क्रिश्चियन पुलिसिकको क्रसमा गोल गर्नुभयो । तर, २३औँ मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्दै रियललाई खेलमा फर्काउनुभएको थियो ।
३९औँ मिनेटमा राफेल लियोको क्रसमा अल्भारो मोराटाले गोल गरेसँगै मिलानले खेलमा दोस्रोपल्ट अग्रता लिएको थियो । ७३औँ मिनेटमा लियोकै क्रसमा तिजानी रेइन्डर्सले अर्को गोल थप्नुभयो । ८१औँ मिनेटमा एन्टोनियो रुडिगरले गोल गरे पनि भिएआरले मान्यता दिएन र रियल दोस्रो हार बेहोर्न बाध्य भयो । जितसँगै १८औँ स्थानमा उक्लिएको मिलानले चार खेलमा ६ अंक पु¥याएको छ । समान खेल खेलेको रियल समान अंकसहित १७औँ स्थानमा छ ।
यसैगरी, भिक्टर ग्योकेरेसको हृयाट्रिकसँगै पोर्चुगिच क्लब स्पोर्टिङ सिपीले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । घरेलु मैदानमा मंगलबार राती भएको खेलमा सिपीले इंग्लिस क्लब सिटीलाई ४-१ ले पराजित गरेको हो ।
सिटीका स्ट्राइकर एर्लिङ हालान्डले पेनाल्टी मिस गर्नुभएको थियो । तर, ग्योकेरेसले हृयाट्रिकका क्रममा दुई स्पट किकलाई गोलमा परिणत गर्दै सिपीलाई ४-१ को जित दिलाउनुभयो । हालान्डलाई विश्वकै उत्कृष्ट स्ट्राइकरका रूपमा लिइन्छ । तर, हृयाण्ड बलपछि पाएको पेनाल्टीलाई उहाँले गोलमा परिणत गर्न सक्नुभएन । उहाँले ६९औँ मिनेटमा प्रहार गरेको बल क्रसबार माथिबाट बाहिरिएको थियो ।
खेलको चौथो मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, उक्त अग्रता ३४ मिनेटभन्दा बढी टिक्न सकेन । ग्योकेरेसले ३८औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । ४८औँ मिनेटमा ग्योकेरेसले अर्को गोल गर्दै खेललाई २-१ को स्थितिमा पु¥याउनुभयो । ८०औँ मिनेटमा फेरि गोल गर्दै सिपीलाई ४-१ को जित दिलाउनुभयो । योसँगै उहाँको हृयाट्रिक पूरा भयो ।
मंगलबार राती भएका अरू खेलमा डिनामो जग्रेबले स्लोभान ब्राटिस्लालाई हराउँदा बोरुसिया डर्टमन्डले एसके स्टर्म ग्राजलाई हराएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच