स्वावलम्बन लघुवित्तमा आवद्ध महिला सदस्य समुहलाई वित्तीय साक्षरता

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको उपशाखा कार्यालय खलंगा जुम्लाले जिल्लामा आबद्ध आफ्ना सदस्य समुहलाई वित्तीय साक्षरता दिएको छ ।

कार्यक्रममा लघुकर्जा, लघुबचत, बीमा, रेमिट्यान्सका अतिरिक्त वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी ग्राहक सदस्यहरुका लागि वित्तीय सचेतना तथा सदस्य समुहसंग समसामयिक विषयक अन्तरक्रियासमेत गरिएको स्वावलम्बन वित्तीय संस्था कलस्टर कार्यालय कोलपुर शाखाका प्रमुख चन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

लघुवित्तले ग्रामीण स्तरमा कर्जा प्रवाह गरी विपन्न तथा उद्यमशील ग्राहक वर्गमा ठूलो योगदान गरेको छ । कोलपुर शाखाका प्रमुख थापाले भन्नुभयो,“वित्तीय साक्षरताको आवश्यकता, बचतको योजना, महत्व, बचतका उपायहरु,कर्जा लगानी, असुली,कर्जा सदुपयोगिता,जोखिम न्यूनीकरण र फजुल खर्चको नियन्त्रण, पारिवारिक वजेट निर्माण, व्यवसायिक योजना, व्यवसाय विस्तारमा स्वावलम्बनले महत्वपूर्ण काम गरेको कोलपुर शाखाका प्रमुख थापाको भनाइ छ । ”

बैकल्पिक आयश्रोतको पहिचान, साधन श्रोतको उच्चतम सदुपयोग, सफा नोटको प्रयोग र फाइदा आदि विभिन्न शिर्षकमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था उपशाखा कार्यालय जुम्लाका प्रमुख देवराज मिश्रले बताउनुभयो ।

सानो-सानो आकारको वचत तथा कर्जा कारोबारमा सहयोग गर्दै आएको संस्थाले उद्यमशील ग्राहकलाई कर्जा प्रवाह गरी तालिम समेत दिंदै आएको स्वावलम्बन वित्तीय संस्था जुम्ला कार्यक्रम संचालक सहायक कर्णसिंह रावतको भनाइ छ । लघुवित्तले ग्रामीण स्तरमा कर्जा प्रवाह गरी विपन्न तथा उद्यमशील ग्राहक वर्गमा ठूलो योगदान गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?