युनिभर्साइडमा तीन नेपाली निर्णायक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा सञ्चालन भइरहेको आइएसएफ यू-१५ जिम्न्साइडमा तीन नेपालीहरूले निर्णायकको भूमिका निर्वाह गरेका छन् । उहाँहरू बक्सिङका धनकुमार मैनाली तथा तेक्वान्दोका रोशन बोहोरा र राकेशकुमार राई हुनुहुन्छ ।

रियो दि जेनेरियोको ओलम्पिक पार्कमा भइरहेको प्रतियोगितामा ४४ देशका खेलाडीहरूले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । धनकुमार अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा) को मान्यता प्राप्त नेपालका एकमात्र सेकेण्ड स्टार अन्तर्राष्ट्रिय निर्णायक हुनुहुन्छ ।

यसअघि उहाँ थाइल्याण्डको फुकेतमा सम्पन्न फुकेत अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप तथा थाइल्याण्डमै सम्पन्न एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिपमा निर्णायक बन्नुभएको थियो । त्यसैगरी उज्वेकिस्तानको तासकन्दमा भएको रेफ्री जज सेमिनारमा पनि धन सहभागी हुनुभएको थियो । ब्राजिलको अनुभवले आफूलाई थ्री स्टार निर्णायक बन्न महत्वपूर्ण भूमिका खेल्ने र अन्य अवसरहरू पनि प्राप्त गर्न सक्ने धनकुमार बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?