काठमाडौंं । बलिउडकी अभिनेत्री उर्वशी रौटेला नेपाल आउनुहुने भएको छ । होटल याक एण्ड यतिमा आगामी १४ डिसेम्बरमा आयोजना हुने फेसन शो ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’मा शोटपरको रुपमा सहभागी हुन रौटेला नेपाल आउनुहुने भएको हो । ‘ग्ल्याम नेपाल इन्टरनेशनल’को यो चौथो संस्करणका लागि उहाँ नेपाल आउन लाग्नुभएको आयोजक संस्था प्रारम्भ प्रोडक्सनले बुधबार एक विज्ञप्ति जारी गर्दै जनाएको हो ।
यो फेसन शोमा सहभागिका लागि मोडलको आवेदन खुला गरिएको छ । शोमा सहभागी हुनचाहने मोडलले इसेवा एपमार्फत आवेदन फर्म भर्न सक्नेछन् । शोमा सहभागी मोडलहरूमा फिमेलका लागि ५.४ फिट र मेलका लागि ५.१० फिट हाइटमाथि हुनुपर्ने प्रावधान राखिएको छ ।
शोका लागि मोडल छनौट अडिसन ९ नोभेम्बरमा होटल हिमालयनमा आयोजना हुनेछ । जसबाट ६ मेल र २४ फिमेल गरेर ३० मोडल छानिने आयोजक प्रारम्भ प्रोडक्सनका फाउण्डर निर्देशक पवन आचार्यले जानकारी दिनुभयो ।
नेपालका उत्कृष्ट डिजाइनरले तयार पारेको आकर्षक र नयाँ फेसनका डिजाइन फेसन शोमा विभिन्न सिक्वेलमा प्रस्तुत हुनेछ । फेसन नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उद्देश्यले फेसन शो आयोजना गर्न लागिएको हो । फेसन शोमा व्यवसायी, कलाकार, मोडललगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ । शोको उत्कृष्ट मोडल तथा डिजाइनरले अष्ट्रेलियामा हुने ग्ल्याम इन्टरनेशनलमा सहभागीको अवसर प्राप्त गर्ने आयोजकको विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच