प्लेन कारमा ठोक्किदा मलेसियामा सांसदसहित १० जनाको मृत्यु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

क्वालालम्पुर । मलेसियाको सेलाङ्गोरमा एउटा विमान सडक दुर्घटनामा परेको छ ।

यस दुर्घटनामा परी हालसम्म कुल दश जनाको मृत्यु भएको छ ।

सडकमा भएको विमान दुर्घटनाका तस्बिर र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्, जुन निकै डरलाग्दो छन् ।

मलेसियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त दुर्घटनामा विमानमा ८ जनाको मृत्यु भएको र विमानको ठक्करबाट कार चालक र मोटरसाइकल चालकसहित २ जनाको मृत्यु भएको हो ।

प्राधिकरणका अनुसार दुई चालक दलका सदस्य र ६ जना यात्रु बोकेको एउटा सानो विमान मलेसियाको सेलान्गोर राज्यको सुल्तान अब्दुल अजिज शाह विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । जानकारी अनुसार विमान सडकमा रहेको एउटा कारसँग ठोक्किएको हो ।

प्राधिकरणका प्रमुख नोर्जमान महमुदले विमान लङ्कावीको उत्तरी रिसोर्ट टापुबाट उडेको र राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ आउदै गरेको थियो ।

द गार्डियनका अनुसार दुर्घटनाग्रस्त विमान जेट भ्यालेटले सञ्चालन गरेको थियो। यससँगै दुर्घटनामा मृत्यु हुनेमा पहाङका एक प्रदेश सभाका सांसद र एक उड्डयन कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालको निधन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको कार्यलाई प्राथमिकतामा राख्ने काँग्रेसको निर्णय दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक पदार्थ फेला गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक पार्कको शिलान्यास भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन ११ वर्षपछि पुनः सुरु संविधान कार्यान्वयन नै नगरी संशोधनको बहसमा पुग्यौँः जीवन परियार मदन पुरस्कार वीणा राजभण्डारी र जगदम्बाश्री किरण खरेललाई जलवायु अनुसन्धानमा नीतिगत झमेला र लगानी अभाव मुख्य चुनौती : सांसद रेग्मी न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री छोबीच भेटवार्ता