लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका रूपमा चेतनारायण आचार्यले बागडोर सम्हाल्नुभएको सय दिन पुगेको छ । मुख्यमन्त्री भएदेखि फजुल खर्च रोक्नका लागि सकारात्मक सन्देश प्रवाह गर्ने उहाँको कोशिस रहेको छ । मुख्यमन्त्री आचार्यले केही दिनअघि आफ्नो सरकारको एक सय दिनका उपलब्धि भन्दै पत्रकार सम्मेलन गर्दै सार्वजनिक गर्नुभएको थियो । सुशासन प्रवद्र्धनका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना तयार भएको र आफ्नो सरकारको लक्ष्य प्रदेशलाई समृद्ध बनाउनु रहेको उहाँले बताउँदै आउनुभएको छ । लुम्बिनी प्रदेशको समृद्धि र दिगो विकास आफ्नो सरकारको प्रमुख उद्देश्य रहको बताउनुहुने मुख्यमन्त्री चेतनारायण आचार्यसँग हिमालय टाइम्सका लागि दाङ सम्वाददाता विवेक खड्काले समग्र लुम्बिनी प्रदेशका विभिन्न पक्षका बारेमा गर्नुभएको संवादको संक्षिप्त अशंः-
मुख्यमन्त्रीका रूपमा तपाईंका सय दिनलाई कसरी हेर्नुभएको छ ?
लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएदेखि फजुल खर्च रोक्नका लागि सकारात्मक सन्देश प्रवाह गर्ने कोशिस भएको छ । शासकीय सुधारको क्षेत्रमा पूर्वविशिष्ट पदाधिकारीका लागि दिइँदै आएको सेवा सुविधाहरू फिर्ता गर्ने निर्णय लागू गरिएको छ । सुशासन प्रवद्र्धनका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना तयार भएको छ । यस अवधिमा विभिन्न कानुनी र नीतिगत सुधार गरिएको छ । प्रदेश सभा र सरकारबाट नयाँ कानुनी संशोधन र निर्देशिका जारी गरिएको छ । यसले बजेट र कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याएको छ । कर्मचारी दरबन्दी र जिम्मेवारीको पुनरावलोकन गरिएको छ । लेखा समूहका कर्मचारीको व्यवस्थापनमा मापदण्ड पनि तयार गरिएको छ, जसले संगठनको प्रभावकारिता अभिवृद्धिमा मद्दत गर्नेछ । राजस्व दायरा फराकिलो बनाउन आर्थिक अनुशासनमा कडाईका साथ कार्यान्वयन गरिरहेका छौं । चालु आर्थिक वर्षमा सबै आयोजनाहरू अनिवार्य रूपमा प्याकेजिङ गरेर टेण्डर प्रक्रियामा ल्याइएका छन् । यसबाट बचत हुने रकमलाई दायित्व भुक्तानी गर्नमा प्रयोग गर्न योजनाबद्ध गरिएको छ ।
प्रदेशको दीर्घकालीन विकासका लागि आधारभूत पूर्वाधार विकासलाई जोड दिएका छौं ।
सुशासन प्रवद्र्धनका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना तयार भएको छ ।
लुम्बिनी प्रदेशको समृद्धि र दिगो विकास हाम्रो प्रमुख उद्देश्य हो ।
भ्रष्टाचार न्यूनीकरणमा थप प्रभावकारिता ल्याउन सुशासन कोष स्थापना गरिएको छ ।
सबै मन्त्रीहरूका लागि आचारसंहिता जारी गरिएको छ ।
कृषि आधारित अर्थतन्त्रमा जोड दिएका छौं ।
प्रदेशका १२ वटै जिल्लाका धार्मिक, सांस्कृति, ऐतिहासिक, प्राकृतिक क्षेत्रलाई समेटेर ‘लुम्बिनी पर्यटन सर्किट’ बनाउने उद्देश्य छ ।
यसले प्रदेशको आर्थिक विकासमा कस्तो प्रभाव परेको छ ?
हाम्रो लक्ष्य भनेको प्रदेशलाई समृद्ध बनाउनु हो । नागरिकको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै, भ्रष्टाचार न्यूनीकरणमा ठोस कदम चाल्न र आर्थिक विकासलाई निरन्तरता दिनका लागि प्रयत्नशील रहनेछौं । लुम्बिनी प्रदेशको समृद्धि र दिगो विकास हाम्रो प्रमुख उद्देश्य हो । हामीले कृषिलाई आधुनिकीकरण गर्दै कृषि आधारित अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्य राखेका छौं । यस अवधिमा लागू गरिएका योजना र सुधारहरूले प्रदेशको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्नेछन् भन्ने मेरो विश्वास हो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सूचना प्रविधि जस्ता क्षेत्रहरूमा विकासमा ध्यान गएको छ । यसको परिणामस्वरूप, प्रदेशमा दीर्घकालीन विकासका लागि आधार तयार भएको छ । साथै, पर्यटन प्रवद्र्धन र औद्योगीकीकरणको माध्यमबाट रोजगारीको अवसर सिर्जना गर्नेतर्फ पनि हाम्रो ध्यान छ । शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा गुणस्तरीय सेवा पु¥याउने हाम्रो प्राथमिकता हो, जसले प्रदेशका नागरिकको जीवनस्तरलाई सुधार्न सघाउँछ ।
सुशासन र भ्रष्टाचार न्यूनीकरणकाको विषय कसरी कार्यान्वयन होला ? यसको आधार के हो ?
सबैभन्दा पहिले, डिजिटलाइजेसन र पारदर्शिता हाम्रो सुशासन प्रवद्र्धनको मुख्य आधार हो । सरकारी निकायहरूको सेवा प्रक्रियामा डिजिटल प्रणाली लागू गरिएकाले जनतालाई सहज रूपमा सेवा प्राप्त गर्न र सरकारी कामकारबाहीको अनुगमन गर्न सजिलो भएको छ । हामीले जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्दै समुदायस्तरीय अनुगमन समिति बनाएका छौं जसले सरकारी कामकाजमा जनताको निगरानी बढाउँछ । नीतिमार्फत् जनताले सिधै सुझाब, उजुरी, वा गुनासो पेश गर्नसक्ने व्यवस्था गरिएका कारण जनताको विश्वास बढ्दो छ ।
त्यस्तै, भ्रष्टाचार न्यूनीकरणमा थप प्रभावकारिता ल्याउन सुशासन कोष स्थापना गरिएको छ । यो कोषले सरकारी कार्यालयहरूको संरचना सुधार, प्रविधिको प्रयोग र कर्मचारीहरूको क्षमता अभिवृद्धिमा योगदान पु¥याउँछ । थप रूपमा, भ्रष्टाचारमा संलग्न जोकोहीलाई कानुनी कठघरामा ल्याउने र इमानदार कर्मचारीलाई प्रोत्साहित गर्न छुट्टै कोषको व्यवस्था गरेका छौं । जनचेतना कार्यक्रम पनि हाम्रो सुशासन प्रवद्र्धनको प्रमुख पाटो हो । विद्यालय स्तरदेखि नै भ्रष्टाचारविरूद्धको शिक्षालाई प्राथमिकता दिँदै भविष्यमा भ्रष्टाचारमुक्त समाज निर्माण गर्न हामी प्रतिबद्ध छौं ।
शासकीय सुधारका लागि प्रदेशले के गरेको छ ?
लुम्बिनी प्रदेशमा सबै मन्त्रीहरूका लागि आचारसंहिता जारी गरिएको छ, जसमा अनियमितता नियन्त्रण, पदीय आचरण, र सरकारी भ्रमणको व्यवस्थापन जस्ता महत्वपूर्णकुराहरू समावेश छन् । प्रदेश मन्त्रालय र निकायलाई १४ बुँदे निर्देशन पनि जारी गरिसकिएको छ, जसले सेवा प्रभावकारिता, जवाफदेहिता र सूचना व्यवस्थापनलाई थप प्रभावकारी बनाउने हाम्रो विश्ववास छ ।
मितव्ययिता अपनाउन सरकारी सवारीसाधनको विवेकपूर्ण प्रयोगलाई प्रोत्साहन गरिएको छ, सरकारी कार्यक्रमहरूमा निजी हलको सट्टा सरकारी हल प्रयोग गर्ने र सरकारी भ्रमणका बेला सरकारी आवासमा बस्ने परिपाटीलाई स्थापित गरिरहेका छौं । त्यस्तै समयपालनको संस्कृतिलाई हामीले नै लागू गरेका छौं । मुख्यमन्त्रीको हैसियतमा मैले आफैं समयपालनको सुरूवात गरेको छु, ताकि सरकारी कार्यहरू प्रभावकारी र जनमुखी बनून् । समारोहमा खादा र माला निषेध गरी अत्यधिक औपचारिकताको परिपाटी हटाउन चाहन्छौं, जसले सरकारलाई सादगी र जनउत्तरदायी बनाउँछ । समग्रमा हाम्रो सुधारको उद्देश्य भनेको जनताले राज्यबाट पाउनुपर्ने सेवा समयमै, प्रभावकारी ढंगले र पारदर्शिताका साथ प्राप्त गर्नु हो । हामी यी सुधारहरूले प्रदेशमा सुशासन र भ्रष्टाचार न्यूनीकरणमा महŒवपूर्ण परिवर्तन ल्याउने विश्वास लिएका छौं ।
प्रदेशको दीर्घकालीन विकासका लागि कस्तो रणनीति अपनाउँदै हुनुहुन्छ ?
हामीले प्रदेशको दीर्घकालीन विकासका लागि आधारभूत पूर्वाधार विकासलाई जोड दिएका छौं । यसमा यातायात, सिँचाइ र ऊर्जा विकास महŒवपूर्ण छन् । यसको अलावा, लुम्बिनीलाई धार्मिक र सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न चाहन्छौं । हामीले दिगो पर्यटन विकासलाई समृद्धिको प्रमुख स्रोतका रूपमा लिएका छौं । खासगरी हामीले प्रदेशको सडक गुरूयोजना बनाएर प्रदेशको पूर्वाधार विकासलाई व्यवस्थित बनाउने योजना अगाडि सारेका छौं ।
कृषिमा आधारित अर्थतन्त्रलाई सुदृढ बनाउने कुरा गर्नु भयो । यसका लागि तयारी कस्तो छ ?
कृषकहरूलाई वित्तीय सहायतासहित प्रविधिगत तालिम पनि दिने योजना छ । तराईलाई खाद्यान्न बाली उत्पादनको केन्द्र बनाउँदा पहाडी क्षेत्रलाई टिम्मुर, अदुवालगायत जडिबुटी उत्पादनको केन्द्रका रूपमा विकास गर्ने योजनामा छौं । प्रदेशका रोल्पा, प्यूठान, अर्घाखाँचीजस्ता पहाडी क्षेत्रमा टिम्मुर अत्यधिक मात्रामा उत्पादन हुन्छ । यहाँ उत्पादन भएको टिम्मुर निर्यात गर्ने विषयमा पनि छलफल चलाउँदै छौं । एवं तरिकाले अन्य क्षेत्रमा पनि विशेष उत्पादनको नीति अख्तियार गरेका छौं । कृषिमा सीप र प्रविधिमा लगानी लगाने तयारीमा छौं । कृषीजन्य उत्पादनका लागि मधेस प्रदेशपछि हाम्रो प्रदेश दोस्रो स्थानमा छ । त्यसैले कृषि आधारित अर्थतन्त्रमा जोड दिएका छौं ।
पर्यटन प्रवद्र्धनका लागि कस्तो रणनीति बनाउनु भएको छ ?
हामीले प्रदेशको समृद्धिका लागि कृषिसँगै पर्यटन प्रवद्र्धनमा पनि जोड दिएका छौं । प्रदेशका पर्यटकीय क्षेत्रलाई समेटेर पर्यटन सर्किट निर्माण गर्ने योजनामा छौं । प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका स्थलहरूको संरक्षण र प्रचार-प्रसार गर्न हामीले ठोस कदम चाल्दैछौं । यसका साथै, पर्यटकको सुविधाका लागि आधारभूत संरचना विकास र सुरक्षा व्यवस्थामा सुधार गरिरहेका छौं । दिगो पर्यटनलाई प्रवद्र्धन गर्न वातावरणमैत्री उपायहरूको पनि प्रयोग गरिरहेका छौं ।
‘लुम्बिनी पर्यटन सर्किट’मा कुन-कुन स्थान समेटिने छन् ?
प्रदेशका १२ वटै जिल्लाका धार्मिक, सांस्कृति, ऐतिहासिक, प्राकृतिक क्षेत्रलाई समेटेर ‘लुम्बिनी पर्यटन सर्किट’ बनाउने उद्देश्य हाम्रो हो । यसले यहाँको धार्मिक, सांस्कृतिक, र प्राकृतिक धरोहरलाई एकीकृत गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणको केन्द्र बनाउने हाम्रो योजना हो । हामीले ‘लुम्बिनी घुमौं’ अभियानलाई व्यापक बनाउँदै छौं । यसका लागि हामीले विभिन्न गतिविधि र कार्यक्रम आयोजना गर्दैछौं । यसका लागि अन्तर्राष्ट्रियस्तरमा पनि समन्वय गरेर प्रचारप्रसार गरिरहेका छौं । प्रदेशभित्रका प्रमुख धार्मिक स्थलहरू, विशेषतः गौतम बुद्ध र स्वर्गद्वारीसँग सम्बन्धित स्थलहरूको प्रवद्र्धनमा विशेष ध्यान दिएका छौं । लुम्बिनी प्रदेश प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधतामा धनी क्षेत्र हो । यहाँ गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, विभिन्न जातजाति र समुदायका सांस्कृतिक धरोहर छन् । यी सबैले लुम्बिनीलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाएको छ, जसले समृद्धिका ढोकाहरू खोल्न सक्छ । पर्यटन क्षेत्रको विकासले रोजगारका नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास छ । यसले युवा पलायन घटाउन मद्दत पु¥याउँछ । लुम्बिनी सर्किटको निर्माणसँगै युवा वर्गलाई प्रदेशमै रोजगारी दिने योजनामा हामी छौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच