नागरिकता पाउने भएपछि एनआरएनमा उत्साह

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का महासचिव डा. केशव पौडेलले गैरआवासीय नागरिकता पाउने व्यावहारिक बाटो खुलेको भन्दै गैरआवासीय नेपालीलाई शुभकामना दिनुभएको छ । गत बिहीबार सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै गैरआवासीय नेपाली नागरिकता प्राप्तिको नियमावली सार्वजनिक गरेको थियो ।

महासचिव पौडेलले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘यो उपलब्धिका लागि समस्त हामी एनआरएनएमा बधाई र खुसी बाँड्न चाहन्छौँ ।’ उहाँले गैरआवासीय नेपाली नागरिकता प्राप्तिको अभियानमा लाग्ने राजनीतिकर्मी, संघका नेतृत्व तथा अभियन्तामा पनि आभार प्रकट गर्नुभएको छ ।

नागरिकताको माग नै अन्तिम आवश्यकताको माग नभए पनि प्राप्त उपलब्धिको रक्षा गर्दै वंशजको नागरिकताको निरन्तरतालगायत नेपाली नागरिकसरहको अधिकारका लागि प्रयास भने जारी राख्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । ११ औँ महाधिवेशनका लागि उपाध्यक्षमा उम्मेदवारी दिनुभएका पौडेल हाल विभिन्न मुलुकका गैरआवासीय नेपालीसँग अन्तरक्रियामा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?