विश्वकपको मुखमा सेनेगल स्टार मानेलाई चोट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । फिफा विश्वकप मुखमा रहेका बेला सेनेगलका स्टार साडियो मानेले चोट बोकेका छन् । जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड मानेले बुन्डेसलिगा अन्तर्गत मंगलबार राति वेर्डेर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका हुन् ।

साडियो मानेले चोट बोक्दै मैदान छाडेको खेलमा बायर्न म्युनिखले वेर्डर ब्रेमनालाई ६-१ अन्तरले पराजित गरेको छ ।

मंगलबार रातिको जितसँगै बायर्नले शीर्षस्थानमा चार अंकको अग्रता बनाएको छ । १४ खेल खेलेको बायर्नको ३१ अंक छ । दोस्रो स्थानको फ्रेइबर्गको १३ खेलबाट २७ अंक छ ।

बायर्नको जितमा सर्जी जिनाब्रीले ह्याट्रिक गरे । यसैगरि, जमल मुस्लाला, लिओन गोरेट्जा, माथिस टलले एक एक गोल गरे । पराजित वेर्डरको लागि एन्थोनी जङले एक गोल गरे ।

खेलको २०औं मिनेटमा मानेले घुँडाको चोट बोकेपछि मैदान छाडेका थिए । उनको स्थानमा लेरोय साने मैदान प्रवेश गरेका थिए ।

माने सम्मिलित सेनेगलले १३ दिनपछि विश्वकपमा पहिलो खेल नेदरल्यान्डस्विरुद्ध खेल्दैछ । मानेको चोटसँगै सेनेगल दवावमा स्वतः पर्ने देखिन्छ ।

माने दुई पटक अफ्रिकन फुटबल वर्ष खेलाडी बनिसकेका छन् । मानेको उत्कृष्ट प्रदर्शनमा सेनेगलले इजिप्टलाई पराजित गर्दै पहिलो पटक अफ्रिका कपको उपाधि जितेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?