मधेस प्रदेश : उपसभामुखको निर्वाचन पनि आजै हुने

Read Time = 2 mins

जनकपुर । मधेस प्रदेशसभा सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ ।

प्रदेशसभाको आजको बैठकमा मत विभाजन गर्दा मण्डलले उपस्थित सङ्ख्या एक सय तीनमध्ये ७४ मत प्राप्त गर्नुभयो । उहाँको विपक्षमा २९ मत परेको छ । यसअघि उहाँ नेकपा (एमाले) का तर्फबाट धनुषा निर्वाचन क्षेत्र नं १ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

मण्डललाई नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी आठ दलले समर्थन गरेका थिए ।

सभामुखका लागि नेपाली कांग्रेसका जङ्गीलाल राय यादव पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो । उहाँलाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेको थियो ।

बैठक अहिले ६ बजेसम्मका लागि स्थगित गरिएको छ । त्यसपछि बस्ने बैठकबाट आजै उपसभामुखको निर्वाचन गरिने सभाध्यक्ष गोविन्दबहादुर न्यौपानेले प्रदेशसभालाई जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?