इलाम । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले किरात धर्मको आस्थाको केन्द्र इलामको माङसेबुङलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न क्षेत्र विकास कोषको अवधारणामा लैजानुपर्ने बताउनुभएको छ ।
इलामको सन्दकपुर गाउँपालिका स्थीत मावुमा आयोजित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्तीको उद्घाटन समारोहमा यस्तो बताउनुभएको हो ।
उहाँले शताब्दीऔं देखि नेपालीहरुले विविधतामा एकता कायम गर्दै आफ्नो पहिचान, संस्कृति र परम्पराको जगेर्ना गर्दै आईरहेको बताउनुभयो ।
सामूहिक भावबाट उत्पन्न एकता, शक्ति निर्माण र सामूहिक प्रगतिको भावनाले नेपाली राष्ट्रियता निर्माण गरि थप मजबुत बनाएको छ । उहाँले भन्नुभयो लोकतान्त्रिक व्यवस्थामा प्रत्येक जातजातिलाई आफ्नो भाषा, धर्म, संस्कृती, परम्परा र साहित्यको जगेर्ना तथा विकास गर्ने दायित्व राज्यको रहेको छ ।
कोइरालाले नेपालको संविधानले सबै नागरिकलाई समान हक अधिकारको सुनिश्चितता गरेको बताउँदै व्यवहारिक कार्यान्वयनमा जोड दिनुभयो । उहाँले नेपाली धर्म, कला र संस्कृतिले नेपाली राष्ट्रियतालाई मजबुद बनाएको बताउनुभयो ।
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४०औं जन्मजयन्तीको अवसरमा किरात फाआप मिङ्सो माङहिम माङहिम उद्घाटन एवं महागुरु फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण गरिएको छ ।
सन्दकपुर गाउँपालिका ४ स्थित माबुको हाङमादेनमा किरात धर्मगुरु आत्मानन्द लिङदेन तथा गुरुआमा साँबा पवित्रहाङमा लिङ्देने अनावरण गर्नुभयो ।
फाल्गुनन्दको जन्मजयन्ती इलाम जिल्लाका सबै पालिकामा विभिन्न कार्यक्रमका साथ जन्मजयन्ती मनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच