रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा स्थापनाका लागि विगत ४ वर्षदेखि हुँदै आएको प्रयास यस पटक पनि असफल हुने चिन्ता थपिएको छ ।
मेशिन खरिदका लागि बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढिसकेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा गलत ढंगका प्रचारबाजी भएपछि उक्त सपना यस पटक पनि तुहिने हो कि भन्ने चिन्ता थपिएको अस्पताल प्रशासनले जनाएको छ ।
एमआरई मेसिन खरिदका लागि टेन्डर आह्वान गरिएपछि आएका विभिन्न हल्ला तथा भ्रम बारे स्पष्ट पार्नका लागि सोमबार पत्रकार सम्मेलन गरी अस्पताल प्रशासनले खण्डन गरेको छ ।
अस्पतालले मेशिन खरिदका लागि यही कातिक १ गते बोलपत्र आह्वान गरेको थियो । ‘एनसीबी’ अर्थात नेश्नल कम्पिटेटिभ विडिङ अनुसार आह्वान गरिएको बोलपत्रमा अधिकतम मुल्य १५ करोड राखिएकोमा सोही मूल्यमै सामान खरिद गरिएको जसरी गलत प्रचार भएको अस्पताल प्रमुख डा. इन्द्र ढकालले गुनासो गर्नु भयोे । ‘बोलपत्रमा उल्लेख गरिएको रकममा सप्लायर्स कम्पनीहरुले प्रतिस्पर्धा गर्दा सबैभन्दा कम मुल्य कबोल गर्ने कम्पनी छनोट भई उसैले खरिद गर्ने हो ।’ ढकालले भन्नु भयोे, ‘समान्यतया कम्पनीहरुले २०÷२५ प्रतिशतसम्म कम मुल्यमा कबोल गर्ने प्रचलन रहेको हुँदा हामीले खरिद गर्न लागेको मेसिनको मुल्य पनि कम हुने अनुमान गरका छौं ।, तर बजारमा गलत हल्ला बढी भयो ।’
सामान आपुर्ति गर्न सक्ने स्वदेशी कम्पनीहरु हुँदाहुँदै एनसिबीमा जान उपयुक्त ठानेर नै आइसिबीमा नगएको समेत उहाँले प्रष्ट पार्नु भयो। सार्वजनिक खरिद ऐन अनुसार ५ अर्व बढी लागत मुल्य पर्ने, जटिल सामान भनि ‘पिपिएमओ’ले सिफारिस गरेका, दातृ निकायको सहयोग तथा स्रोतबाट खरिद गर्नु परेमा तथा स्वदेशी सप्लायर्स कम्पनीहरुले प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा मात्रै आइसिबीमा जानु पर्ने बाध्यकारी अवस्था रहेको डा ढकालले स्पष्ट पार्नु भयो । यसैगरी विगतका टेन्डरहरूमा आईसिबी विधिबाट जाँदा विश्व बजारमा डलरको भाउ घटबढ हुँदा त्यसको प्रभावले टेन्डर नै रद्द गर्नुपरेको घटनालाई आधार मानेर एनसिबी विधि अपनाएको उहाँले उल्लेख गर्नु भयो ।
बजारमा फैलाइएको हल्ला जस्तो अस्पतालले पुरानो मेशिन खरिद गर्ने नभई पुरानो प्रविधिको नभई विश्व बजारमा हाल आएकाभन्दा केही पुरानो प्रविधि भएको उल्लेख गर्नु भयो। प्रदेश सरकारले उपलब्ध गराएको १५ करोड बजेटबाट नयाँ प्रविधिको मेशिन खरिद गर्न सम्भव नभएकै कारण पुरानो प्रविधिको मेशिन खरिद गर्नु पर्ने बाध्यता रहेको उहाको भनाई छ ।
‘हामीले खरिद गर्ने भनेको पुरानो मेशिन नभई केही पुरानो प्रविधिको भने हो । जुन तेस्ला १.५ प्रविधि हो, यसलाई २ तेस्लामा अपग्रेड गर्न सकिन्छ ।’–प्रमुख ढकालले भन्नु भयोे, ‘जबकी विश्व बजारमा ३ तेस्ला पनि आएको छ, यसको मुल्य २५ देखि ३० करोड बढी पर्छ उक्त रकम हामीसँग नभएकै कारण पुरानो प्रविधिले भएपनि सेवा दिनुपर्छ भन्ने हाम्रो चाहना हो ।’
सरकारले प्रयाप्त बजेट उपलब्ध गराएको अवस्थामा आफूहरुले पनि ३ तेस्ला मेशिन खरिद गर्न तयार हुने उहाले उल्लेख गर्नु भयो। खरिद कार्यलाई अझ पारदर्शी र प्रतिस्पर्धी बनाउन सार्वजनिक खरिद अनुगमन कार्यालयमा सम्पूर्ण कागजात सहित आवश्यक राय तथा निर्देशनको लागि पठाइने समेत डा ढकालले स्पष्ट पार्नु भयो । त्यहाँबाट प्राप्त निर्देशनका आधारमा थप काम कारबाही अगाडि बढाइने डा ढकालको भनाई छ ।
लुम्बिनी प्रदेश सकारको गौरव आयोजनाको रुपमा रहेको यस अस्पताललाई १२ सय शैय्यामा स्तर वृद्धिका लागि अन्डरग्राउण्डसहित १२ तले अत्याधुनिक भवन निर्माणका काम भैरहेको छ । लुम्बिनी प्रदेशसहित छिमेकी प्रदेशका जिल्लाहरु समेत गरी यहाँ १६ बढी जिल्लाका सेवाग्राही आउने गर्दछन् । अस्पतालबाट गत आर्थिक वर्षमा मात्रै साढे ३ लाखले स्वास्थ्य सेवा लिएको तथ्याङ्क रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच