एउटै नम्बर प्लेटका दुईवटा मोटरसाइकलसहित दुईजना पक्राउ

एउटै नम्बर प्लेट भएका दुई मोटरसाइकल । तस्बिरः मानबहादुर बिश्वकर्मा/हिटा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 1 min

कालीकोट । गत बुधबार कालीकोटको सदरमुकाम मान्ममा भेटिएका एउटैनम्बर प्लेट भएका दुई मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकलसहित चालक दुई जनालाई पनि नियन्त्रणमा लिएर प्रहरीले शनिबार सार्वजनिक गरेको छ । बजाज कम्पनीका कालोराताे रङका दुईवटा मोटरसाईकल सँगै पार्किङ गरि राखिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यज्ञराज जोशीले बाग्मती प्रदेश ०२०३४प ३८३० नम्बरकाे मोटरसाइकलका चालक सान्नीत्रिवेणी गाउँपालिका वडा नं ५ बस्ने इलम बम र छत्र सुनारलाई नियन्त्रणमा लिएको उल्लेख छ ।

दुई वटै मोटरसाइकल खरिद गरी ल्याएको उनिहरुले बताएका छन् भने चोर पत्ता लगाउन प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?