काठमाडौं । एन प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा सातौँ एन प्याब्सन खेलकुद सप्ताह मंसिर २१ गतेदेखि हुने भएको छ । खेलकुद सप्ताहमा विभिन्न चार खेलको प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक प्रेमकुमार भुजेलले जानकारी दिनुभयो । फुटसल, बास्केटबल, कबड्डी र तानडोरीमा छात्र/छात्रातर्फ प्रतिस्पर्धा हुनेछ ।
चारै खेलका लागि संयोजक पनि तोकिएको छ । फुटसलमा गोकर्णेश्वर नगर प्याब्सनका अध्यक्ष निराजन आचार्य, बास्केटबलमा आयोजकका उपाध्यक्ष माधव अधिकारी, कबड्डीमा आयोजकका पूर्वउपाध्यक्ष श्याम योञ्जन र तानडोरीमा आयोजकका उपाध्यक्ष नारायणबाबु तिमल्सिनालाई संयोजकको जिम्मेवारी दिइएको छ ।
फुटसल कमलादीस्थित युनिग्लोब कलेज, बास्केटबल कपनको सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुल, कबड्डी भीमसेनगोलास्थित अमर आदर्श स्कुल र तानडोरी बुढानीलकण्ठमा खेलाइनेछ ।
खेलकुद सप्ताहमा ७५ भन्दा बढी विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । उद्घाटनको मार्चपासमा शीर्ष तीन स्थानमा रहने विद्यालयलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कार प्रदान गरिनेछ । मंसिर २९ गतेसम्म चल्ने खेलकुद सप्ताह सञ्चालन गर्न करिब सात लाख रुपैयाँ खर्च हुने संयोजक भुजेलले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच