नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनियताको शपथ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनु भयो ।

पुस १० गते प्रधानमन्त्री हुनुभएका पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेपनि पूर्णता भने हुन सकेको छैन । प्रचण्ड नेतृत्वको सरकारमा २ जना उपप्रधानमन्त्री बन्नुभएको छ ।

कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त हुनुभएको छ । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री हुनु भएको छ भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङले शहरी विकासमन्त्रीको शपथ लिनुभएको छ ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) का अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री हुनुभएको छ ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त हुनुभएको छ । नेसपाका महिन्द्र राययादवले महिला बालबालिका मन्त्रीको रुपमा शपथ लिनुभएकाे छ। नागरिक उन्मुक्तीको अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री हुनु भएको छ ।

माओवादी केन्द्रबाटै उपमहासचिव शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीको शपथ लिनुभएको छ ।

यसअघि उपप्रधानमन्त्रीसहित भौतिक मन्त्रालयको जिम्मेवारीमा रहनुभएको नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी दिइएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?