मुम्बई । राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा छैटौं जित निकालेको छ ।
बुधबार राति राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । दिल्लीका मिचेल मार्शले सर्वाधिक ८९ रन बनाए । डेभिड वार्नरले अविजित ५३ रनको योगदान गरे ।
यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १६० रनको योगफल तयार पारेको थियो ।
राजस्थानका रविचन्द्र आश्विनले ५० रन बनाए । यस्तै देबदुत पडिकलले ४८ रनको योगदान गरे । जितसँगै दिल्ली १२ खेलबाट १२ अंक जोडेर पाँचौ स्थानमा छ । राजस्थान १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :